सुनवल, जेठ ४ गते । आश्मा व्यूटि जाेन एकेडेमी भुमहि १२ काे चाैथाे बार्षिक उत्सब तथा दिक्षात्त समाराेह सनिवार सम्पन्न भएकाे छ ।आश्मा व्यूटि जाेन एकेडेमीकाे संलाक आश्मा गैरेकाे अध्यक्षता एवं नेपाल व्यूटि सियन संघ नवलपरासीकाे जिल्ला अध्यक्ष मन्जु खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा नयाँ विद्यार्थीलाई स्वागत, एड्भान्स सकेका विद्यार्थीलाई दिक्षात्त कार्यक्रम र आफै पार्लर खाेजेर उद्यमी भएका विद्यार्थीलाई सम्मान गरिएकाे थियाे ।
साेहिँ क्रममा बाेल्दै कार्यक्रमकाे अध्यक्ष आश्मा गैरेले आफ्ना संघर्ष र सफलता सम्मकाे उतार चढाब र भाेगाइहरू भन्दै एक सफल उद्यमी बन्न सबेैलाई आग्रह गर्नुभयाे ।
सफलता प्राप्तिमा अनुशासन सबैभन्दा ठूलाे कडि भएकाे भन्दै नम्र र सभ्य स्वभाव नै व्यवसायलाई टिकाउने बताउनुभयाे । त्यसैगरी साेहिँ क्रममा बाेल्दै कार्यक्रमकाे प्रमुख अतिथि नेपाल व्यूटि सियन संघ नवलपरासीकाे जिल्ला अध्यक्ष मन्जु खत्रीले सिक्नु भन्दा सिकेका सिपलाई व्यवहारमा उतार्नु एक सक्षम उद्यमीकाे बिशेषता भएकाे बताउनुभयाे ।
उहाँले परिस्थिति जस्ताे आएपनि मनस्थिति स्थिर राखेर निरन्तर सिपलाई विकाश गर्न सक्नुपर्छ भन्दै पेशा गर्न इच्छुक केहिँ विद्यार्थीलाई राेजगार दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
कार्यक्रममा केही विद्यार्थीले आफुले सिकेका अनुभव समेत बताएका थिए । कमला रानाकाे संचालन रहेकाे कार्यक्रममा बजार व्यवस्थापन समितिकाे अध्यक्ष यूवराज भुषाल, सनराइज एजुकेसन एण्ड कन्सनटेल्सिका सचांलक सुस्मि तिमल्सिना लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । अध्ययक्ष एवं प्रमुख अतिथिद्वारा केक काटेर कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएकाे थियाे ।