ताजा अपडेटः

सुनवलमा फाल्गुण १३ गते देखि रूबेला खाेप अभियान संचालन

सुनवलमा फाल्गुण १३ गते देखि रूबेला खाेप अभियान संचालन प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार २१:२१


कल्पना खरेल, नवलपरासी ।  सुनवल नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा दादुरा रूबेला खोप अभियान २०८०/८१ का लागि नगरस्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मिको लागि अभिमुखिकरण गोष्ठी सम्पन्न भएकाे छ ।
कार्यबाहक नगरप्रमुख सुर्य प्रसाद दुवेकाे अध्यक्षतामा आज बिहिवार बसेकाे  अभिमुखिकरण गोष्ठीमा  खाेप अभियान यहि फाल्गुण १३ गते देखि १९ गते सम्म संचालन गरिने जानकारी गराइएकाे थियाे । भने ९ महिना देखि १५ वर्ष सम्मका बालवालिकालाई  खाेप लगाइने छ ।


सुनवल नगर भित्रका  ५० वटा संस्थागत तथा सामुदायिक विद्यालय गरी १९ हजार ५ सय ९८ र ९ महिना देखि ५ वर्ष सम्म विद्यालय नजाने ४ हजार ८ सय ८ जनालाई खोप लगाउने कार्यक्रम रहेको सुनवल नगर स्वास्थ शाखा प्रमुख कृष्ण प्रसाद न्याैपानेले बताउनुभयाे ।
२ सय ५० जना बराबर १ खाेप केन्द्र गरी  ७८ वटा खोप केन्द्र  राखि खोप संचालन गरिने जसमा प्रत्येक केन्द्रमा २ जना स्वास्थ्यकर्मी र ३ जना स्वयं सेवक परिचलन गरिने छ । त्यसैगरी  अन्तिम दिन थप १९  स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरी खोप कार्यक्रम संचालन गरिने सुनवल नगर स्वास्थ्य शाखाले जनाएकाे छ।
यसका साथै दुर्गम स्थानको धुकर्कोट, महलपोखरी, बिहारीका लागि विशेष व्यवस्था गरिएको सुनवल स्वास्थ शाखा प्रमुख कृष्णप्रसाद न्याैपानेले जानकारी दिनुभयाे ।


उक्त खाेप कार्यक्रम संचालनका लागि नगर स्वास्थ शाखाले स्वास्थ्यकर्मिहरुलाई अभिमुखिकरण तालिम  गराइसकेकाे छ भने  नगरस्तरीय खोप समन्वय समितिको अभिमुखिकरण, वडास्तरीय खोप समन्वय समितिको अभिमुखिकरण,स्वयंसेवक महिला स्वास्थ्य स्वयं सेविका तथा शिक्षकहरुको लागि अभिमुखिकरण  कार्यक्रम संचालन गर्ने जनाएकाे छ ।



Ads