नवलपरासी पश्चिम वैशाख २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत नवलपरासी पश्चिमका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
घुस मागेको उजुरी निवेदनका आधारमा अदालतका सहायक कम्प्यूूटरअपरेटर रामलखन बनियालाई पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुरबाट घुस रकमसहित पक्राउ गरिएकाे हो ।
लागू औषध मुद्दामा पुर्पक्षमा कारागार चलान भएका व्यक्तिलाई छुटाउन सहजीकरण गर्ने भन्दै दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनुभयाे ।
बनिया लागू औषध मुद्दामा पुर्पक्षका लागी कारागार चलान भएका छन् ।