ताजा अपडेटः

डा. विनाेद निता कण्डेल आँखा अस्पतालले एक वर्षमा १ हजार भन्दा बढिलाई गर्याे शल्यक्रिया

डा. विनाेद निता कण्डेल आँखा अस्पतालले एक वर्षमा १ हजार भन्दा बढिलाई गर्याे शल्यक्रिया प्रकाशित मिति: २६ फाल्गुन २०८०, शनिबार २२:१०

कल्पना खरेल,नवलपरासी । डा. विनाेद निता कण्डेल आँखा अस्पताल पश्चिम नवलपरासीको ३३ औं वार्षिक साधारण सभा आज वावा वर्दगोरिया धाममा सम्पन्न भएकाे छ ।
पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको सभापतित्व तथा लुम्बिनी प्रदेश सभा सदस्य माननिय खड्क बस्नेतको प्रमुख आतिथ्यतामा भएकाे उक्त साधारणसभामा लुम्बिनी प्रदेश सभा सदस्य माननिय वैजनाथ जैसवाल , सुनवल नगरपालिकाकाे नगर प्रमुख विमला अर्याल, नेत्र ज्योति संघका केन्द्रीय सदस्य मञ्जु कण्डेल, निवर्तमान नगरप्रमुख भिम बहादुर थापा ( भरत ) लगाएको उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा सचिवकाे प्रतिवेदन प्रस्तुत गर्दै डा.संजय कर्णले आर्थिक बर्ष २०७९/८० मा ४१ हजार भन्दा बढि आखाँका विरामीलाई चेकजाच गरिएकाे र १ हजार ८ सय भन्दा बढि बिरामीको शल्यक्रिया गरिएकाे जानकारी गराउनुभयाे ।
त्यसैगरी अस्पताल आउन नसक्ने दुर दराजका बिरामीलाई नेपाल नेत्र ज्याेति संघ नवलपरासी शाखाले भुजहवा,त्रिवेणी ,सुर्यपुरामा आँखा उपचार केन्द्र संचालन गरी आँखा सेवा प्रदान गर्दै आएकाे डा. कर्णले बताउनुभयाे ।
कार्यक्रममा  नेपाल नेत्र ज्याेति संघ,डा. बिनाेद निता कण्डेल आँखा अस्पतालकाे नाममा महेशपुर जाने बाटाेमा २ बिगाहा १० कट्ठा जग्गामा नयाँ सुविधा सम्पन्न भवन निर्माणका लागि पहल भइरहेकाे जानकारी गराइएकाे थियाे ।
सुनवल नगरपालिकाले विपन्न नागरिकलाई माेतियाविन्दुकाे निशुल्क उपचार गरि उत्कृष्ट काम गरेकाेमा डा. विनाेद निता कण्डेल आँखा अस्पतालले नगरप्रमुख विमला अर्याललाई सम्मान समेत गरेकाे थियाे ।
साेहि क्रममा बाेल्दै नगरप्रमुख अर्यालले सुनवल नगरपालिकाले डा. विनोद निता कण्डेल आँखा अस्पताल र लायन्स क्लवसंग सहकार्य गरि छिट्टै आँखा उपचार केन्द्र संचालन ल्याउने तर्क राख्नुभयाे ।
कार्यक्रममा जलबिन्दु राेग विशेषज्ञ डा. नन्दा गुरूङ ,उत्कृष्ट कर्मचारी , उत्कृष्ट कार्यालय सहयाेगीलाई समेत दाेसल्ला ओढाएर  सम्मान गरिएकाे थियाे ।



Ads