ताजा अपडेटः

पश्चिम नवलपरासीकाे सरावलमा ट्याक्टर दुर्घटनामा परि १ काे अवस्था गम्भीर

पश्चिम नवलपरासीकाे सरावलमा ट्याक्टर दुर्घटनामा परि १ काे अवस्था गम्भीर प्रकाशित मिति: १ माघ २०७९, आईतवार १९:२९

 

कल्पना खरेल,सुनवल । आज बेलुका अन्दाजी ५: २५ बजे पश्चिम नवलपरासीकाे सरावल गा.पा.-३ पिपरमौवामा ट्याक्टर अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार ६-७ जना मानिस घाईते भएका छन् । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ५ त ९९४ नं. को ट्याक्टर आफै अनियन्त्रित भई सडकको दाहिने साईडको कुलोमा पल्टिदा उनिहरू घाईते भएका हुन् ।

घाइतेमध्ये नवलपरासी सरावल गा.पा. १ बसही बस्ने बर्ष २२ को सन्दिप चौधरीको अवस्था गम्भीर रहेकाेले भैरहवा मेडिकल कलेज रिफर गरीएकाे छ ।

भने अन्य सामान्इय घाइतेहरू साेहि ठाउँ बस्ने बर्ष १७ कि लक्ष्मी कुमारी चौधरी,बर्ष १८ कि अन्जली चाैधरी, बर्ष १९ कि बिध्या चाैधरी, दिपिका चाैधरी र बर्ष २५ काे कुल बहादुर शरीरको बिभिन्न भागहरू छाती, खुट्टा, कम्मरमा चोट लागेकाे र जिल्ला अस्पताल परासीमा समान्य उपचारपछि घर फर्किएकाे  प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेयले बताउनुभएकाे छ ।

घटनाकाे खवर पाउँदा बित्तिकै प्रहरी चाैकी गाेबरहियाबाट प्रहरी नायव निरिक्षक गाेकर्ण चाैहानकाे कमाण्डमा ट्राफिक सहित ७ जनाकाे टाेली घटनास्थल पुगेकाे थियाे ।

डिएसपि पाण्डेयका अनुसार टेक्टर चालक फरार रहेकाे र उनकाे खोजीकार्य भईरहेकाे ।

 



Ads