ताजा अपडेटः

श्रीमद्भागवत धान्यान्चल ज्ञान महायज्ञकाे भेला, आयव्यय सार्वजनिक एवम् सम्मान कार्यक्रम सम्पन्न

कल्पना खरेल
श्रीमद्भागवत धान्यान्चल ज्ञान महायज्ञकाे भेला, आयव्यय सार्वजनिक एवम् सम्मान कार्यक्रम सम्पन्न प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार २०:५८

३ फागुन , सुनवल ।१०८ पिपल धार्मिक पर्यटन क्षेत्र विकास एवम् अक्षयकोष स्थापनार्थ सम्पन्न श्रीमद्भागवत धान्यान्चल ज्ञान महायज्ञ -२०८१ काे भेला, आयव्यय सार्वजनिक एवम् सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
१०८ पिपल धार्मिक पर्यटन क्षेत्र विकास समितिका संयाेजक सीता तिमल्सिनाकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री एवम् सांसद खड्ग बस्नेतकाे प्रमुख आतिथ्यतामा आज सनिवार  सुनवल ६ विशासय  पश्चिम नवलपरासीमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सिता तिमिल्सिनाले  कुल ४२ लाख ९७ हजार बराबरको आर्थिक विवरण प्रस्तुत गर्नुभयाे । त्यसैगरी आर्थिक संयोजक गङ्गा प्रसाद घिमिरेले  ४२ लाख ७६ हजार बराबरकाे बाेलकबाेल बाकी रकम र याेजनातर्फ स्थानिय , प्रदेश र संघिय गरि २ कराेड ५५ लाख बराबरकाे याेजना रहेकाे बताउनुभयाे ।
साेहि क्रममा बाेल्दै प्रमुख अतिथि प्रदेश संसद बस्नेतले धर्म कहिलेकाहीँ व्यापारकाे रूपमा प्रयाेग गरिने भएकाेले श्रद्वाले दिएकाे दानलाई समान रूपले हेर्न आग्रह गर्नुभयाे । उहाँले उाे महायज्ञले लिएकाे लक्ष्य सबैकाे साझा सपना भएकाेले हातेमालाे गर्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभयाे ।
त्यसैगरी विशिष्ट अतिथि नगरप्रमुख विमला अर्यालले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थलकाे रूपमा विकास गरी सुनवल नगरपालिकाकाे गहनाकाे रूपमा स्थापित गराउन स्थानीय सरकार तयार रहेकाे बताउनुभयाे ।
उहाँले समन्वय, सहकार्य र सहअस्तित्वले मात्र हरेक क्षेत्रकाे विकास संभव रहेकाे भन्दै याेजनालाई कार्यान्वयनमा लैजान तत्काल डिपिआरकाे कामलाई अगाडि बढाउन निर्देशन समेत दिनुभयाे ।
सुनवल वडा नं ६ का वडा अध्यक्ष हिमलाल शर्मा चापागाईंको स्वागत र संस्थाकाे सचिव रुपा पाठककाे संचालन रहेकाे  कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल,सुनवल सत्मार्ग बहु आयामिक समाजका उपाध्यक्ष मोहन बहादुर कार्की लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।




Ads