ताजा अपडेटः

साताै मेयरकप फुटवलकाे उपाधि वढा नम्बर १० लाई

साताै मेयरकप फुटवलकाे उपाधि वढा नम्बर १० लाई प्रकाशित मिति: ११ चैत्र २०८०, आईतवार ०६:५१

कल्पना खरेल,नवलपरासी । पश्चिम् नवलपरासीको सुनवलमा भैरहेकाे मेयर कप फुटबलकाे उपाधि वडा नम्बर १० ले हात पारेकाे छ ।
१० गते सनिवार भएकाे फाइल खेलमा वडा नम्बर ७ लाई पेनाल्टी सुट आउटमा हराउदै वडा नम्बर १० विजयी भएकाे हाे ।
सुनवल वडा नम्बर ४,मच्छरमारा खेल मैदानमा भएको फाइनल खेलमा समय अबधिभर दुवै  टिमले कुनैपनि गाेल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएकाे थियाे ।


खेलकाे विजेता टिमले १ लाख ५१ हजार सहित शिल्ड, मेडल,प्रमाणपत्र तथा उपविजेता टिमले ८५ हजार रुपैँया सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैलाई  सेमिफाइनलमा पुग्ने वडा नम्बर ४ र ६ ले २५/२५ हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
भने  विधागत उत्कृष्ट गाेल रक्षक, सर्वाधिक गाेलकर्ता, सर्वाेत्कृष्ट खेलाडी लगाएतलाई समेत पुरस्कृत गरिएकाे थियाे ।



Ads