ताजा अपडेटः

सरावल गाउँपालिकाले सुरू गर्याे भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थितहरूलाइ निस्सा वितरण

सरावल गाउँपालिकाले सुरू गर्याे भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थितहरूलाइ निस्सा वितरण प्रकाशित मिति: ५ फाल्गुन २०८०, शनिबार २२:४४


सरावल, फागुन-५ । सरावल गाउँपालिका वडा नम्बर १ मा राष्ट्रिय भूमि आयोगद्वारा निस्सा वितरण गरिएको छ । वडा नं. १ का वडा अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा एवं गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख अतित्थ्यतामा आज बिहिबार निस्सा वितरण गरिएको हो ।
सरावलमा हाल सम्म ७ वटै वडा बाट ३ हजार १ सय ७ जना भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थितहरूको फर्म दर्ता रहेको गाउपालिका अध्यक्ष चौधरीले बताउनु भयो । जसमध्ये ४ सय २५ जना भुमिहिन दलित,भुमिहिन सुकुम्वासी रहेका छन् भने २ हजार ६ सय ८२ जना अब्यवस्थित बासोबासी रहेका छन ।
यस्तै भुमि आयोगले केहि दिन अगाडि वडा नं. ३ मा निस्सा वितरण गरेको थियो । जसमा वडा नं.३ का २४ जना भुमिहिन दलित, २३ जना भुमिहिन सुकुम्बासी र २ सय ९ जना अव्यवस्थित बसोबासीहरु गरी कुल २ सय ५६ जनालाई निस्सा वितरण गरिएको गाउँपालिका अध्यक्ष सुखाडि चौधरिले बताउनु भयो ।
त्यसैगरी आज भने वडा नं. १ मा ४९ जना भुमिहिन दलित, १ सय जना भुमिहिन सुकुम्वासी र ५ सय ७० जना अव्यवस्थित बसोबासी गरि कुल ७ सय १९ वटा निस्सा वितरण गरिएको हाे ।
अध्यक्ष चाैधरीले लामो समयसम्म जग्गा नपाएका सुकुम्बासीले निस्सा प्राप्त गर्दा निकैनै हर्षित भएकाे भन्दै अब लालपुर्जा पाउने बाटो खुलेकोले बाकि वडा नम्बर ५ र ६ ममा पनि निस्सा वितरण गरिने बताउनुभयाे ।
सो अवसरमा राष्ट्रिय भूमि आयोग पश्चिम नवलपरासीका अध्यक्ष देवराज भण्डारी,सरावल गाउँपालिका उपाध्यक्ष वास‌मती हरिजन,आयोगको सदस्य लक्ष्मी भुसाल, त्यस्तै सरावल गाउँपालिकाका लेखा अधिकृत नारायण पाण्डेय, वडा नं.१ को सचिव सरस्वती शर्मा, वडा सदस्यहरु बुधन चौधर, गोरे राना मगर, शोभा देवी चौधरी, शान्ती कुमारी हरिजन लगाएतको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन सरावल गाउँपालिकाका भूमि व्यवस्थापन इकाइ प्रमुख राजन बस्यालले गर्नु भएको थियो।



Ads