ताजा अपडेटः

बर्दघाटमा अज्ञात समुहको गोलि प्रहारबाट एक जना घाइते

बर्दघाटमा अज्ञात समुहको गोलि प्रहारबाट एक जना घाइते प्रकाशित मिति: २० माघ २०८०, शनिबार २२:५२

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट-१६ केराबारी गाउँ नजिकै पुलमा अज्ञात समुहको गोलि प्रहारबाट एक जना घाइते भएका छन् ।
बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र बिश्वकर्मा घाइते भएका हुन । उनी ब्यवसायी बन्द गरेर घर फर्कने क्रममा अज्ञात समुहले गोलि प्रहार गरेको प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी रेशम बोहोराले बताउनुभएकाे छ।
बिश्वकर्माको पाखुरामा गोली लागेको , अवस्था खतरामुक्त रहेको छ भने  थप उपचारका लागि भैरहवा लगिएको छ ।



Ads