ताजा अपडेटः

सुनवल नगरपालिकाले भुकम्प प्रभावितहरूकाे लागि रू २ लाख ५० हजार सहयाेग गर्ने

सुनवल नगरपालिकाले भुकम्प प्रभावितहरूकाे लागि रू २ लाख ५० हजार सहयाेग गर्ने प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार १७:२९

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले भुकम्प प्रभावितहरुको लागि रु. २ लाख ५० हजार सहयाेग गर्ने भएकाे छ । आज बुधबार बसेको सुनवल नगर कार्यपालिकाको बैठकले भुकम्प प्रभावितहरूकाे उद्धार, राहत र पुनर्स्थापनाको लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेकाे हाे ।
विनाशकारी प्राकृतिक प्रकोप भूकम्पमा परी नलगाड नगरपालिकाकाे उप प्रमुख सरिता सिंह लगायत मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेकाे शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेकाे छ ।
साथै  भुकम्प प्रभावित क्षेत्रमा खुला मनले सहयाेग गर्न  देश विदेशमा रहेका नेपालीलाई आग्रह गरिएकाे सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयाे ।



Ads