ताजा अपडेटः

भोलिदेखि मौसम सुधार हुने मौसमविद्को अनुमान

कल्पना खरेल
भोलिदेखि मौसम सुधार हुने मौसमविद्को अनुमान प्रकाशित मिति: October 4th, 2023

नवलपरासी । देशका केही ठाउँमा हिजो मंगलबारदेखि लगातार झरी परिरहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा गएरातिदेखि झरी परीरहेको हो ।
उनका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्दै जाने मौसमविद्को अनुमान छ । यसपालि मनसुनको अन्तिम समयमा आएर मनसुन फेरि सक्रिय भएको हो ।




Ads