ताजा अपडेटः

बर्दघाटबाट अति विषालु सहित १९ प्रजातिका ३३८ सर्पको उद्धार

कल्पना खरेल
बर्दघाटबाट अति विषालु सहित १९ प्रजातिका ३३८ सर्पको उद्धार प्रकाशित मिति: २६ जेष्ठ २०८२, आईतवार १०:२३

बर्दघाट,जेठ २५ गते । नवलपरासी पश्चिम स्थित बर्दघाट नगरपाकिकामा एक बर्षमा अति विषालु सर्प सहित १९ प्रजातिका ३३८ सर्पको उद्धार गरिएको छ । जिल्लाको एकमात्र सर्प उद्धारकर्मी दुर्गा लामिछानेले २०८१ मा गर्नुभएको सर्प उद्धारको गणना अनुसार उक्त तथ्थाङ्क बाहिर आएको हो ।
उहाँले उपलब्ध गराउनुभएको तंथाक अनुसार उद्धार गरिएका सर्पहरुमा गोमन सर्प १३८ वटा, करेत ३९ वटा , अजिङ्गर ३८ वटा, धामन २९ वटा, पानी सर्प २६ वटा, बाघे सर्प १६ वटा, ब्वाँसे सर्प ८ वटा, सानो सिँगारे सर्प ६ वटा, अन्धो प्रजातिको सर्प ६ वटा, हरहरे सर्प ५ वटा, कालो टाउके सर्प ५ वटा, खुकुरी सर्प ४ वटा, सिरिसे रुख सर्प ४ वटा, बतासे सर्प ४ वटा, ह–यौ सर्प ४ वटा, सिँगारे सर्प ३ वटा, अलिभ किलब्याक सर्प १ वटा, तक्षक नाग सर्प १ वटा र राज गोमन १ वटा रहेका छन् ।
लामिछानेको भनाई अनुसार विषाक्तताका आधारमा उद्धार गरिएका सर्पहरुमा ५९ प्रतिशत विषालु, १ प्रतिशत मन्द विषालु र ४० प्रतिशत मन्द विषालु सर्प रहेका छन् । नगरपालिकाको १६ वटा वडा मध्ये सबैभन्दा बढी वडा नम्बर ४ बाट सर्पको उद्धार गरिएको छ ।उद्धार गरिएका सर्पलाई सोहिँ ठाउँमा रहेका सामुदायिक वनमा छोडिने गरिएको छ ।
लामिछानेलाई उद्धार कार्यमा सहजताका लागि बर्दघाट नगरपालिकाले केहिँ आवश्यक उद्धार सामाग्रीहरु, निश्चित मापदण्डका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउदै आएको छ । त्यसैगरी नगरप्रमुख शम्भुलाल श्रेष्ठले लागि निजि मोटरसाईकल समेत उपलब्ध गराउनुभएको छ ।
यद्यपि उद्धारका लागि आवश्य स्रोत साधनमा कमि, उद्धारकर्मीलाई आवश्यक तालिमको व्यवस्था नहुनु तथा जनमानसमा सचेतनाको कमिले उद्धारकार्यमा समस्या देखिएको छ ।
लामिछानेलाई सर्पदशंको जोखिम न्यूनिकरण गर्न सर्प उद्धारमा राति पनि बोलाउने गर्दछन् । उहाँ भन्नुहन्छ “म एक्लै भएकोले बर्दघाट नगरपालिका बाहेक जिल्लाका अन्य सुनवल, प्रतापपुर, सरावल, रामग्राम ,पाल्हीनन्दन लगाएतका पालिकाहरुमा आफु एक्लै भएकोले कठिनाई भएको छ” ।
बर्दघाट नगरपालिकामा वनजङ्गल तथा पानीका मुहान प्रशस्त भएकाले यहाँ उल्लेखनिय जैविक विविधता पाइन्छ जसले वातावरण सन्तुलनमा टेवा पु–याएको छ । यद्यपि मानवबस्ती तथा वनजंगल निकट भएका कारण बेलाबखत सर्पदंशको समस्या देखिदै आएको छ ।
लामिछानेले उद्धार गर्नुभएको सर्पको तस्वीर सगैँ अभिलेख तयार पार्न फोटो पत्रकार राज अधिकारीले सहयोग गर्नुभएको छ ।




Ads