ताजा अपडेटः

सुनवल वडा नम्बर ४ मा निशुल्क खानेपानी धारा जडान सिफारिस फारम लक्ष्य अनुरूप नभएकाे जनगुनासाे/छानबिन गरेर मात्र वितरण गरिने वडा अध्यक्ष पङ्गेनीद्वारा प्रतिबद्धत

सुनवल वडा नम्बर ४ मा निशुल्क खानेपानी धारा जडान सिफारिस फारम लक्ष्य अनुरूप नभएकाे जनगुनासाे/छानबिन गरेर मात्र वितरण गरिने वडा अध्यक्ष पङ्गेनीद्वारा प्रतिबद्धत प्रकाशित मिति: २४ पुष २०७९, आईतवार १५:३१

 

 

कल्पना खरेल,सुनवल । सुनवल वडा नम्बर-४ मा केही
समयदेखि निशुल्क खानेपानी धारा जडानकाे लागि सिफारिस फारम भरिएकाे छ । सुनवल नगरपालिकाकाे अतिविपन्नका लागी निशुल्क खानेपानी धारा जडान गर्ने कार्यक्रम बमोजिम साे सिफारिस फारम भरिएकाे हाे ।

नागरीकताकाे आधारमा निशुल्क खानेपानीको धारा जडानकाे लागि सिफारिस फारम भरीएकाेमा अहिलेसम्म सय भन्दा वढिले फारम भरेका छन् ।

आर्थिक अबस्था कमजोर भएका अतिविपन्नका लागी ल्याएकाे निशुल्क खानेपानी धारा जडान सिफारिस फारम वडा नम्बर ४ का सक्षम र आर्थिक अवस्था बलियो भएकाे परिवारले पनि भरेकाे जन गुनासाे हामीसामु आएकाे छ ।

साेहि विषयलाई लिएर नवलपरासी खवरले वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनीलाई जिज्ञासा राख्दा उहाँले साे कुरामा आफू एकदम सचेत रहेकाे बताउनुभएकाे छ । साथै अध्यक्ष पङ्गेनीले धारा वितरण गर्ने क्रममा छानबिन गरेर अतिविपन्न परिवारलाई मात्र वितरण गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।



Ads