बैशाख १०, काठमाडौं । देशभर २४ घण्टामा ४ हजार ९४७ जनाको परीक्षण गरिएको मा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
३ हजार ६९१ जनाको पिसिआर र १ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये पिसिआर विधिबाट १८ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै १७ जना संक्रमित डिस्चार्ज भइसकेका छन्।
देशभर अझै २८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।