ताजा अपडेटः

सुस्तामा एक दलित परिवाकाे हत्या प्रति दलित मुक्तिमाेर्चाद्वारा गम्भीर ध्यानाकर्षण

सुस्तामा एक दलित परिवाकाे हत्या प्रति दलित मुक्तिमाेर्चाद्वारा गम्भीर ध्यानाकर्षण प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार ०६:१४


कल्पना खरेल,नवलपरासी ।  सुस्तामा एक दलित परिवारकाे हत्याका विषयमा  दलित मुक्तिमाेर्चा पश्चिम नवलपरासीले प्रेस विज्ञप्ति मार्फत आफ्नाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
यहीँ फागुन १ गते राती सुस्ता गाउँ पालिका वडा नं. ३ मा एकै घरका ६५ वर्षीय अक्षयलाल चमार र १२ वर्षीय गौचरन चमार (हजुरबुवा र नाती) को वर्बरता पुर्वक हत्या गरिएकाे थियाे ।
दलित मुक्ति माेर्चाले निम्न वर्गीय अवस्थावाट जीवन बाँचिरहेका हजुरबुबा र नाती आफ्नै खरको छानो घरमा सुतिरहेका अबस्थामा हतियार प्रयोग गरी निशृंस हत्या गर्नुले राज्यको सुरक्षा प्रणाली तथा सामाजिक सुरक्षालाई समेत पश्चचिन्ह खडा भएकाे भन्दै निश्पक्ष र पारदर्शि छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सुस्ता गाउँपालिका सगँ माग गरेकाे छ ।
अध्यक्ष वीर बहादुर विश्वकर्मा, सचिव काशी हरिजन र इन्चार्ज अगविर हरिजनद्वारा हस्ताक्षरित विज्ञप्तिमा दलित समुदायका यी गरिब व्यक्तिहरुले सुरक्षा नपाई आपराधिक शैलीमा हत्या बेहोर्नु लोकतन्त्र, शान्ति सुरक्षा र मानव अधिकारको पूर्ण उल्लङघन भएकाे जनाइएकाे छ ।
गत महिना मात्र सुस्ता गाँउपालिका वडा नं. १ मा दलित समुदायका न्यू धौलागिरी सुनचाँदी पसलका प्रोपाईटर गजेन्द्र विश्वकर्मा र उनका छोरालाई गोली र खुकुरीको प्रहारवाट हत्याको प्रयास गरिएको थियो ।
विज्ञप्तिमा त्यसको छानबीन पुरा हुनै नपाई फेरि अर्काे दलित परिवारले ज्यान गुमाउनु र यस्ता अपराधिक घटनालाई निस्तेज पार्न नसक्नु सुरक्षा निकायको गम्भीर कमजोरी भएकाे भन्दै पिडित परिवारलाई उचित क्षतिपूर्तिको समेत माग गरेकाे  छ ।



Ads