ताजा अपडेटः

जिल्ला समन्व समितिद्धिारा वर्षिक समिक्षा तथा असल अभ्यास अनुभव आदानप्रसाद

कल्पना खरेल
जिल्ला समन्व समितिद्धिारा वर्षिक समिक्षा तथा असल अभ्यास अनुभव आदानप्रसाद प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार १२:४८

नवलपरासी पश्चिम, भदौ २३ गते । नवलपरासी पश्चिममा जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०८१ /०८२ को वार्षिक समक्षिा तथा स्थानिय तहको असल अभ्यास अनुभव आदानप्रसाद कार्यक्रम गरेको छ ।
जिसस परासीको सभाहलमा सम्पन्न वार्षिक समक्षिा तथा स्थानिय तहको असल अभ्यास अनुभव आदानप्रसाद कार्यक्रममा जिल्लाका सात वटा सबै स्थानीय तह तथा संघ र प्रदेश मातहतका विषयगत सरकारी कार्यालयहरु गरी २० वटा निकायले आफ्‌नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रोजेक्टर द्धारा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा पूरा गरिएका योजनाहरु, अधुरा योजनाहरु , नयाँ कार्यक्रमहरु देखि चुनौहरुका विषयहरुलाई छलफलमा ल्याएको थियो । जिल्लामा संचालित योजनाहरुको जानकारी आदानप्रदान, सन्तुलन कायम गर्न, एक अर्काका असल अभ्यास अनुशरण गर्न देखि समस्याहरुको मिलेर समाधन गर्न आपसी समन्वय र सहकार्य गर्ने उदेश्यले वार्षिक समिक्षा गरिएको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदलले बताउनुभयो ।
जिल्ला समन्वय समिति नवलपरासीले जिल्लमा संचालित योजनाहरुलाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन सविंधानले प्रदान गरेको समन्वय र सहकार्यको भूमिका निर्भाह गर्दै आएको उहाँले भनाई थियो ।
कार्यक्रमलार्ई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री धुर्वबहादुर प्रधानले जिल्लाका सातवटै स्थानीय तहले एकअर्काका असल अभ्यासको अनुशरण गर्दै जनताको प्रत्यक्ष सरोकारका क्षेत्रमा विशेष जोड दिएर विकास गर्न सुझाव दिनुभयो । सांसद प्रधानले बजेट कसले कसरी ल्यायो भनेर जस लिने होडबाजीमा लाग्नुभन्दा जिल्लाको समग्र विकासमा सबै जनप्रतिनिधि, कर्मचारी, राजनितिक दल एकजुट हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य द्धय बैजना जसवाल , खड्ग बस्नेत, स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो ।




Ads