ताजा अपडेटः

पाल्पामा तोपका गोला भेटियो 

पाल्पामा तोपका गोला भेटियो  प्रकाशित मिति: ५ पुष २०७९, मंगलवार २०:०३

पाल्पा ।पाल्पाकाे सदरमुकाम तानसेन नजिकै घडेरी खन्ने क्रममा ठूलो सङ्ख्यामा तोपका गोला फेला परेका छन् ।

तानसेन नगरपालिका–४ गोलाखानामा जग्गाा खन्ने क्रममा तोपका गोला फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
साे जग्गा नेपाली सेनाकाे रहेकाे र सेनाले गेष्टहाउस निर्माणका लागी घडेरी खनिरहेकाे छ ।

बाइसे/चौबीसे राज्य एकीकरणको समयताका त्याे ठाउँमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहास जानकार निर्मल श्रेष्ठले बताउनुभयो । उत्खननका क्रममा अहिलेसम्म तीन सय वटा गोला फेला परेको छ र अझ धेरै भेटिन सक्ने श्रेष्ठको दावी छ ।

अहिले ती गोलाको सुरक्षित व्यवस्थापनका लागि पाल्पाकाे नेपाली सेनाको दि फेमस महेन्द्र दल गणको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । फेला परेका गोलाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडि बढेको पाल्पा प्रहरीले जनाएको छ ।



Ads