ताजा अपडेटः

पटक-पटक गुहार्दा पनि सुनेन स्थानीय सरकारले श्री सरस्वती आधारभूत विद्यालयकाे प्रअ चाैधरीकाे गुनासाे /  सरावल गाउँपालिका वडा नं १ र २ का दुवईका कार्यरत  यूवाहरूले गरे सामुहिक १ लाख सहयाेग

पटक-पटक गुहार्दा पनि सुनेन स्थानीय सरकारले श्री सरस्वती आधारभूत विद्यालयकाे प्रअ चाैधरीकाे गुनासाे /  सरावल गाउँपालिका वडा नं १ र २ का दुवईका कार्यरत  यूवाहरूले गरे सामुहिक १ लाख सहयाेग प्रकाशित मिति: ५ असार २०८०, मंगलवार ११:२३

कल्पना खरेल, नवलपरासी । श्री सरस्वती आधारभूत विद्यालय सरावल गाउँपालिका वडा नम्बर १, पथरहिया पश्चिम नवलपरासीले एक कार्यक्रमकाे आयाेजना गरी अक्षयकोषकाे रकम हस्तान्तरण तथा सहयाेगी दातालाई सम्मान गरेकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माेहन प्रसाद चाैधरीकाे अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष विष्णुप्रसाद भट्टराईकाे प्रमुख आतित्थ्यतामा उक्त अक्षयकोष रकम हस्तान्तरण तथा सहयाेगी दातालाई सम्मान गरिएकाे हाे ।
निकैनै नाजुक र संरक्षण बिहिन अवस्थामा रहेकाे उक्त सरस्वती आधारभूत विद्यालयकाे स्तरउन्नतीका लागि  हाल वैदेशिक राेजगारकाे शिलशिलामा  सरावल गाउँपालिका वडा नम्बर १ र २ का यू ऐ इ मा  कार्यरत २५ जना दाजुभाइ तथा दिदिबहिनीकाे पहलमा रू १ लाख अक्षयकोष सहयाेग गरेका छन् ।
जुन रकम लाई  अक्षयकोष  स्थापनाका लागि प्रमुख अतिथी वडा अध्यक्ष विष्णुप्रसाद भट्टराई मार्फत विद्यारलयकाे प्र.अ.ओमकुमारी चाैधरीलाई हस्तान्तरण गरिएकाे थियाे  ।
साेहि कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भट्टराईले वैदिक राेजगारमा गई पसिना बगाएका पैसा यसरी आफ्नाे क्षेत्रकाे बालबालिकाकाे उज्ज्वल भविष्यका लागि समर्पित गर्नुभएकाेमा कृतज्ञता व्यक्त गर्दै स्थानिय सरकार, वडाबासी , बुद्धिजीवी समाजसेवीहरू एकबद्व भएर विद्यालयकाे स्तरउन्नतीमा लागेमा असम्भव केही नहुने धारणा राख्नुभयाे ।
साथै उहाँले विद्यालयमा विद्यार्थी कम भएकाेले अन्य विद्यालय सगँ समायाेजन गर्ने मनसायले बजेट विनियाेजन नगरिएकाे स्वइकार गर्दै  अबकाे आर्थिक वर्ष २०८०/ ८१ काे बजेटमा गाउँपालिका सगँ आफुले पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै समाजसेवी धनिसरी भुषालले  प्राइभेट विद्यालय पढाउने अहिलेकाे फेसन भएकाे भन्दै आफ्नाे क्षेत्रकाे सामुदायिक विद्यालयकाे संरक्षण गर्नु हामी सबैकाे साझा जिम्मेवारी र कर्तव्य भएकाे धारणा राख्नुभयाे  ।
नजिककाे तिर्थ हेला गर्ने परिपाटीकाे अन्त्य गर्दै आफ्नाे गाउँ क्षेत्रमै रहेकाे सामुदायिक विद्यालयमा आफ्ना नानिबाबुलाई भर्ना गरि कुशल नागरिकको जिम्मेवारी निर्वाह गर्न समेत आग्रह गर्नुभयाे ।
उता विद्यालकाे प्राचार्य ओमकुमारी चाैधरीले विद्यालयकाे  भाैतिक र शैक्षिक गुणस्तर विकाशका लागि  पटक-पटक स्थानिय सरकार सगँ आग्रह गरेपनि व्यवास्ता गरेकाेप्रति दुख व्यक्त गर्दै  वडा अध्यक्ष सगँ सहयोगकाे अपिल गर्नुभयाे ।
प्राचार्य चाैधरीले सरावल गाउँपालिकाले साथ सर्पाेट गरे विद्यालयलाई व्यवस्थित र मर्यादित तवरले विकाश र विस्तार गर्न कटिबद्ध भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
समाजसेवी राजु लामिछानेको संचालन रहेकाे कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, भूपू शिक्षक, समाजसेवी, स्थानियबासी , शिक्षका लगाएत विद्यार्थीकाे समेत सहभागीता रहेकाे थियाे ।



Ads