ताजा अपडेटः

साताै मेयर कप फुटबल प्रतियोगिताकाे आम्दानी खर्च रकम सार्वजनिक

साताै मेयर कप फुटबल प्रतियोगिताकाे आम्दानी खर्च रकम सार्वजनिक प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलवार २२:३३

कल्पना खरेल,नवलपरासी । मेयरकप फुटबल प्रतियोगिता संचालन तथा व्यवस्थापन समिति सुनवल -४ पश्चिम नवलपरासीले आम्दानी खर्च सार्वजनिक गरेकाे छ ।
आज मंगलबार सुनवल वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीकाे प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलनकाे आयाेजना गरि साताै मेयर कप फुटबल प्रतियोगिता २०८० काे आम्दानी खर्च रकम सार्वजनिक गरेकाे हाे ।
सम्मेलनमा आयव्यय प्रस्तुत गर्दै  फुटबल प्रतियोगिता संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर पुनले सुनवल नगरपालिकाबाट विनियोजित रकम रू ११ लाख रहेकाे र जम्मा खर्च रू. १३ लाख ८ हजार ९० रहेकाे जानकारी गराउनुभएकाे थियाे ।
जसमा अपुग रकम रू.२ लाख ८ हजार ९० रूपैया श्रमदान र आमा समुहबाट सहयाेग लिइएकाे समेत जानकारी दिनुभयाे ।
साेहि क्रममा बाेल्दै वडा अध्यक्ष पंगेनीले १३ वर्षपछि मात्र खेल खेलाउने अबसर हुने यस मेयरकप फुटबल प्रतियोगिता सभ्य र भब्य रूपमा सम्मन्न भएकाेमा खुसी व्यक्त गर्दै पत्रकारले खेलेकाे अतुलनीय भुमिका प्रति उच्च सम्मान व्यक्त गर्नुभएकाे थियाे ।
चित्र बहादुर गुरूङकाे संचालन रहेकाे कार्यक्रममा सुनवल नगर शिक्षा शाखा अधिकृत पशुपति भट्टराई , विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेकाे थियाे ।



Ads