ताजा अपडेटः

कैलाशेश्वर शिवालय मन्दिरमा प्राण प्रतिष्ठा समुद्वघाटन साथै दहि चिउरा कार्यक्रम सम्पन्न

कल्पना खरेल
कैलाशेश्वर शिवालय मन्दिरमा प्राण प्रतिष्ठा समुद्वघाटन साथै दहि चिउरा कार्यक्रम सम्पन्न प्रकाशित मिति: June 30th, 2023

नवलपरासी  । आज पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर  ४ मा अवस्थित कैलाशेश्वर शिवालय मन्दिरमा प्राण प्रतिष्ठा समुद्वघाटन साथै दहि चिउरा कार्यक्रम सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष  गोपाल प्रसाद आचार्यको अध्यक्षतामा भएको उक्त  कार्यक्रममा भक्तजनहरु द्वारा शिव भगवान र गणेश भगवानकाे मूर्तिका साथै ९५ वटा शिवलिङ्क मन्दिरलाई हस्तान्तरण गरीएकाे छ ।
साेहि कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले मठ मन्दिर नेपालीको  धर्म सस्कृतिसगँ जाेडएकाेले यसकाे संरक्षण र सम्बर्द्धनका लागि सबैजना एकजुट भइ हातेमालो गर्नुपर्ने धारणा राख्नुभयाे ।


साथै  उपस्थिति हुने सम्पूर्ण भक्तजनप्रती आभार प्रकट गर्नुभयो ।
मन्दिरमा स्थानीय समाजसेवी हरि बहादुर भण्डारीले रु.६९ हजार ५ सय ५० बराबरको  शिव पार्वतीको मुर्ती , राम बहादुर जि.सिले ५५ हजार ५ सय ५० बराबरको गणेश मुर्ती र ७१ जनाले  ३ हजार ५ सय ५० बराबरको ९५ शिवलिङ मन्दिरमा दान गरेका हुन ।
आज असार १५ अर्थान धान दिवस भएकाेले उपस्थित सम्पूर्ण भक्तजनहरूलाई दहि चिउरा खाने कार्यक्रम पनि राखिएकाे थियाे ।
वि.स २०६८ मा स्थापना भई  १०८ शिवलिङ रहेकाे यस मन्दिरमा विवाह, ब्रतबन्ध,ग्रहशान्ति हुनुका साथै  जेष्ठ नागरिक दिवाखाजा कार्यक्रम पनि संचालन हुँदै आएको छ।




Ads