ताजा अपडेटः

पाल्हिनन्दनको विकासमा कुनै कसर बाकी रहन्न;कानुनमन्त्री प्रधानकाे प्रतिबद्धता

पाल्हिनन्दनको विकासमा कुनै कसर बाकी रहन्न;कानुनमन्त्री प्रधानकाे प्रतिबद्धता प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार ०९:१८

 

रंजीत शर्मा,परासी । पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको विकासमा कुनै कसर बाँकी नरहने प्रतिनिधी सभा सदस्य तथा पुर्व कानुन मन्त्री ध्रुव वहादुर प्रधानले बताउनुभएको छ।

बिहीबार पाल्हिनन्दन गाउँपालिकाद्वारा आयोजित विकास, सुशासन तथा सेवा प्रवाह विषयक सर्वप्रक्षिय अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता ध्रुव वहादुर प्रधानले यस क्षेत्रका विकास गर्नु मेरो कर्तव्य रहेको भन्दै नवलपरासी निर्वाचन क्षेत्र नं ०२ को सबै क्षेत्र सँगै पाल्हिनन्दन गाउँपालिकाको शिक्षा,स्वास्थ्य, यातायात तथा सुशासनको विकासमा फड्को मार्ने बताउनुभएकाे हाे ।


कार्यक्रममा बोल्दै सभा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ता (दीपक) ले विगत ६ वर्षमा गाउँपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण,पाल्हिनन्दन अस्पताल संचालन,सभा हल निर्माण,गाउँ गाउँ मा पक्की बाटो निर्माण,विद्यालयमा शिक्षक व्यवस्थापन,बस व्यवस्थापन आदि विभिन्न कार्य सम्पन्न भए पनि विभिन्न विकास निर्माणको कार्य बाकी रहेकोमा केन्द्र तथा प्रदेश सरकार ध्यान दिन प्रतिनिधी सभा सदस्य ध्रुव वहादुर प्रधान मार्फत आग्रह गर्नुभएकाे छ ।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका को हरेक क्षेत्रको विकास,सुशासन तथा सेवा प्रवाह विषयमा राकेश गुप्ता,रंजीत शर्मा,कमलेश माली र प्रतिभा गुप्ता लगाएतले आफ्नो सुझाव दिनुभएकाे थियाे ।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका की उपाध्यक्ष फतिमा खातुन अन्सारी सकिना,पुर्व उपाध्यक्ष पाबित्री कोहार,विभिन्न वार्डका अध्यक्ष,विभिन्न राजनितिक दलका प्रतिनिधी, विद्यालयका प्रधानाध्यापक,पत्रकार,समाजसेवि लगाइएको उपस्थिती रहेको थियो।



Ads