ताजा अपडेटः

पश्चिम नवलपरासीको बर्दघाट बाट १७ लाख बराबरकाे माेबाईल बरामद

पश्चिम नवलपरासीको बर्दघाट बाट १७ लाख बराबरकाे माेबाईल बरामद प्रकाशित मिति: २९ मंसिर २०७९, बिहीबार ०६:५५

सुनवल । प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट १७ लाख मुल्य बराबरको मोबाईल बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको गस्ति टोलीले बर्दघाट नगरपालिका वडा नम्बर ४ टिसिएन चोकबाट साे मुल्य बराबरको मोबाईल बरामद गरेको हो ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु २ ख ७५३ नम्बरको यात्रुबाहक बसलाई मङ्गलबार राति चेकजाँच गर्ने क्रममा पाचवटा प्याकेटमा लुकाएर राखेको सय थान एनड्रोईड स्मार्टफोन वेवारीसे अवस्थामा फेला पारेको थियाे ।

बरामद गरिएका मोबाईल आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।



Ads