सुनवल, बैशाख २७ गते । श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. सुनवल ५ बनकट्टिले आज शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान जीवनदान, रक्तदान गरौ पुण्य कमाऔं” भन्ने नारा सहित संस्थाका रक्तदान कार्यक्रम संयोजक मिलन कुमार गुरुङको अध्यक्षता एवं सुनवल नगरप्रमुख विमला अर्यालको प्रमुख आतित्थ्यतामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बढ्दो दुर्घटनाको जोखिम र रगतको अभावमा कसैको पनि अकालमा मृत्यु हुन नपरोस भन्ने लक्ष्य सहित रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्षा गंगा बहादुर गुरुङले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटि सुनवल नवलपरासीको प्राविधिक सहयोग रहेको कार्यक्रममा सुरक्षाकर्र्मी, सामाजिक तथा राजनितिक व्यक्तित्व, जनप्रतिनिधि, सेयर सदस्य लगाएत ४४ जनाले रक्तदान दिएका थिए । सोहि क्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं नगर प्रमुख विमला अर्यालले रक्तदानले हरेक विरामीलाई जीवनदान मिल्ने हुदा सत्कर्ममा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
उहाँले जुनसुकै बेलापनि दुर्घटना घट्न सक्ने संभवना रहेकोले हरेक संस्थाले रक्तदान कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो । उपाध्यक्ष यम प्रसाद पाण्डेको स्वागत र सहसचिव दिपक पौडेलको संचालन रहेको कार्यक्रममा स्वास्थ्यकर्मीको समेत सहयोग रहेको थियो ।