ताजा अपडेटः

सुनवलमा प्रथम उद्यमी भेला सम्पन्न

सुनवलमा प्रथम उद्यमी भेला सम्पन्न प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार २१:२९

कल्पना खरेल,सुनवल । लघुउद्यमी समूह संघ सुनवल १, साेमनाथकाे प्रर्थम उद्यमी भेला आज सम्पन्न भएकाे छ ।


सुनवल लघुउद्यमी समूह संघ सुनवल पश्चिम नवलपरासीकाे आयाेजना तथा सुनवल नगरपालिकाकाे प्रमुख आयाेजनामा भएकाे भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि तथा नगरप्रमुख विमला अर्यालले लघु उद्यमी बाट सिकेका सिपलाई व्यवहारीकरण गर्दै व्यवसायीमुखि साेच राखि आयआर्जनमा लाग्न आग्रह गर्नुभयाे ।


सुनवल लघुउद्यमी समूह संघका अध्यक्ष नरबहादुर खड्काकाे अध्यक्षता तथा सुनवल नगरपालिकाकाे नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीकाे विशिष्ट आतिथ्यता मा भएकाे भेलामा साे उद्यमी समुह संघका पदाधिकारी,आर्थिक विकाश शाखा प्रमुख खेमराज ढकाल लगाएको उपस्थिति रहेकाे थियाे ।



Ads