कल्पना खरेल
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आईतवार २१:०४ स्याङ्जा, जेठ २४ गते । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय वालिङ, स्याङ्जाले आफ्ना सदस्यहरूलाई एक दिने तरकारी खेती तालिम दिएकाे छ।
सदस्यहरुको क्षमता अभिवृद्धि तथा व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्य सहित आज आइतबार उक्त तरकारी खेती तालिम दिएकाे हाे ।
समाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८२/ ०८३ काे वार्षिक कार्यक्रम अनुसार करिब ४५ जना सदस्यहरूलाई तालिम प्रदान गरिएकाे शाखा प्रवन्धक आनन्दराज आचार्यले बताउनुभयाे ।
तालिमकाे मुख्य प्रशिक्षकमा कृषि विकास अनुसन्धान स्राेत केन्द्र वालिङका बाली विकास अधिकृत नरेन्द्र बहादुर चन्द र कृषि अनुसन्धान प्रदेश कार्यालय पाेखराका बाली विकास अधिकृत पुकार खनाल रहनुभएकाे थियाे ।

नेपाल राष्ट्र बैंकबाट ” घ ” वर्गकाे इजाजतपत्र प्राप्त लघुवित्त संस्था डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय वालिङले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि समेत विभिन्न कार्यक्रमहरू गर्दै आइरहेकाे छ ।
महिला सदस्य आरती काफ्लेकाे अध्यक्षता र शाखा प्रवन्धक आनन्दराज आचार्यकाे प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएकाे थियाे ।