ताजा अपडेटः

क्रान्तिकारी विद्यार्थी यूनियनद्धारा विद्यालयले आफ्नो विद्यार्थीलाई चासो नदेखाएको प्रति ध्यानाकर्षण

क्रान्तिकारी विद्यार्थी यूनियनद्धारा विद्यालयले आफ्नो विद्यार्थीलाई चासो नदेखाएको प्रति ध्यानाकर्षण प्रकाशित मिति: ८ पुष २०७९, शुक्रबार १९:४९

सागर पौडेल,सुनवल।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी पश्चिम नवलपरासीले एक विज्ञप्ति जारी गरी एक बालकको आखाँमा भएको गहिरो चोटको विद्यालयले कुनौ चासो नदेखाएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सरावल गाउँपालीका वडा नम्बर १ मा रहेको सालबास सनराईज इङ्गलिस बोर्डिङ्ग स्कुलमा कक्षा १ मा अध्ययनरत बालक संयोग सुनारको मंसिर १० गते विद्यार्थीहरु एक आपसमा खेल्दा भवितब्य आखाँमा गम्भिर चोट लागेको थियो ।
पारिवारीक अवस्था कमजोर भएकाले बालक सुनारको उपचारार्थ विद्यालयसगँ अभिभावकले पटक-पटक क्षतीपुर्तीको माग गर्दा समेत विद्यालयले कुनै राम्रो प्रतिक्रिया नआएको गुनासो प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीका जिल्ला अध्यक्ष सुवास शर्मा र जिल्ला इन्चार्ज सन्देश सापकोटाद्धारा जारी हस्ताक्षरित विज्ञप्तिमा तत्काल उक्त पिडित विद्यार्थीको सम्पुर्ण उपचार खर्च विद्यालयले बेहोर्ने गरी राहत प्रदान गर्न माग गरीएको छ ।



Ads