ताजा अपडेटः

सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषध बरामद

कल्पना खरेल
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषध बरामद प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार १०:३७

पश्चिम नवलपरासी , चैत ६ गते । सशस्त्र प्रहरी बल, नेपालले पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा अवैध लागूऔषध बरामद गरेको छ। पालिनन्दन गाउँपालिका–५, भगतपुरास्थित सीमा क्षेत्रमा लुकाई राखिएको अवस्थामा उक्त लागूऔषध फेला परेको हो।
उक्त अपरेशनको कमाण्ड सशस्त्र प्रहरी नायब निरीक्षक माधव घिमिरेले गर्नुभएको थियो। सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद खड्काले दिनुभएको जानकारी अनुसार, सीमा क्षेत्रमा शंकास्पद रूपमा लुकाई राखिएको अवस्थामा यी प्रतिबन्धित औषधिहरू फेला पारिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हरपूरबाट खटिएको विशेष टोलीले उक्त बरामद गरेको हो। नियमित गस्ती तथा विशेष सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा करिब ५,१०० एम्पुलभन्दा बढी परिमाणको लागूऔषध फेला परेको थियो।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्यलाई सशस्त्र प्रहरीले तीव्र पारेको डिएसपी खड्काले बताउनुभयो। बरामद गरिएको लागूऔषधलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ।




Ads