ताजा अपडेटः

सगरमाथा बचत तथा ऋण सहकारी सस्थां लि.काे ७ औ वार्षिक साधारण सभा सम्पन्न

सगरमाथा बचत तथा ऋण सहकारी सस्थां लि.काे ७ औ वार्षिक साधारण सभा सम्पन्न प्रकाशित मिति: २३ पुष २०७९, शनिबार १९:५४

कल्पना खरेल,सुनवल । सगरमाथा बचत तथा ऋण सहकारी सस्थां लि.को ७ औ  वार्षिक  साधारण सभा आज सुनवल वडा नम्बर १ बनाहा दलित  भवनमा सम्पन्न भएको छ ।
साधारणसभा सस्थांका अध्यक्ष शिब बहादुर बि.क को अध्यक्षतामा तथा वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा सस्थांको प्रगति प्रतिबेदन सस्थांका अध्यक्ष शिब बहादुर बि.क ले प्रस्तुत गर्नु भएको थियो ! त्यसैगरी सस्थांको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सस्थांको कोषाध्यक्ष सुशिला वि.क ले  सस्थांको कुल पुजी  १५ लाख ४५ हजार ७ सय ५५  र सस्थांको शुद्ध नाफा २ लाख १९ हजार ३ तिन सय ७५ रहेको उल्लेख गर्नुभयाे ।
साेहि कार्यक्रममा सस्थांका जेष्ठ शेयर सदस्य,सस्थांमा उत्कृष्ट बचत कर्ता र समयमा किस्ता बुझाउने शेयर सदस्यलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी थापा मगरले  अन्य सहकारी भन्दा फरक एकल जातीय सहकारी भएकोले यस सस्थांलाई सफल बनाउन सबै शेयर सदस्य एकताबद्ध भइ काम गर्नुपर्ने जिकिर गर्नुभयाे । साथै उहाँले  शेयर सदस्यको स्तर उन्नतीका लागी बिशेष गरी  बिशेष ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।
संस्थाका उपाध्यक्ष लक्ष्मी सुनारकाे स्वागत र सस्थांका सचिव मीन बहादुर विक काे संचालन रहेकाे कार्यक्रममा  सल्लाहकार  तारा प्रकाश विक,  राज बहादुर विक, राजिब विक लगाएतले मन्तव्य राख्नुभएको थियाे ।



Ads