सुनवल, असोज १३ गते । नवलपरासी पश्चिम स्थित सुनवल
४ मा अवस्थित महाकवि देवकोटा क्याम्पसको १५औं क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेकाे अध्यक्षता एवम् पूर्व गृहमन्त्री
देवेन्द्र राज कण्डेलकाे प्रमुख आतिथ्यतामा उक्त क्याम्पस सभा सम्पन्न भएकाे हाे ।
साेहि कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कण्डेलले यस क्षेत्रकै नमुना क्याम्पसकाे रूपमा स्थापित यस देवकाेटा क्याम्पस एउटा गहनाकाे रूपमा रहेकाे टिप्पणी गर्नुभयाे । हालै भएकाे जेन्जी आन्दाेलन यूवा पुस्ताकाे विद्राेहकाे स्वरूप भएकाेले उनीहरूकाे मर्मलाई बुझेर अब राजनिती दलहरू सच्चिन जरूरी रहेकाे उहाँको भनाई थियाे ।
कण्डेलले आन्दाेलनका क्रममा सिंहदरबार लगाएतकाे राज्यको सम्पत्तिमाथि भएकाे क्षति दुखद रहेकाे भन्दै सुशासन र संस्कार सहितकाे युवा उत्पादन गर्ने जिम्मेवारी शैक्षिक संस्थाहरूकाे रहेकाे बताउनुभयाे ।
त्यसैगरी लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री खड्ग बस्नेतले योजना बिना गरिएको यात्रा गन्तव्यमा पुग्ने अथवा नपुग्ने निश्चित नहुने भएकाे भन्दै समयको माग अनुरूप अघि बढ्नुपर्ने धारणा राख्नुभयाे ।
उता सुनवल नगर प्रमुख बिमला अर्यालले राम्रो काम गर्न खाेज्नेलाई खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गर्देै समाज रूपान्तरणकाे लागि सबैजना एकसाथ उभिन आग्रह गर्नुभयाे ।
यस्तै सुनवल नगर उपप्रमुख सूर्यप्रसाद दुबेले हरेक संस्थामा सक्षम नेतृत्वकाे आवश्यकता रहेकाे भन्दै सक्षम नेतृत्वकाे
कारणनै क्याम्पसले छोटो समयमै उल्लेखनीय प्रगति गर्न सफल भएको बताउनुभयाे ।
क्याम्पस संचालन समिति सदस्य तथा सुनवल वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीको स्वागत र प्राध्यापक
हरिदत्त शर्माकाे संचालन रहेकाे क्याम्पस सभामा संस्थापक अध्यक्ष थानप्रसाद गैरे, प्रा. हुमनाथ पाण्डे, देवी घिमिरे, आजीवन सदस्य कृष्णबन्धु अर्याललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा उत्कृष्ट प्राध्यापक, कर्मचारी र आजीवन सदस्यलाई सम्मान गरिएको थियो भने क्याम्पसको जर्नल विमोचन समेत गरिएको थियो ।
साेहि क्रममा अध्यक्ष कृष्णप्रसाद लामिछानेले अध्यक्षकाे प्रतिवेदन र क्याम्पस प्रमुख नारायण ढकालले आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत प्रस्तुत गर्दै सबैको साथ र सहयोगले मात्र क्याम्पसले निरन्तर प्रगति गर्न सकेकाे उल्लेख गर्नुभयाे ।