ताजा अपडेटः

दायित्वद्वारा संभावित २० उद्यमी छनाैट

दायित्वद्वारा संभावित २० उद्यमी छनाैट प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार ०७:३३

कल्पना खरेल,नवलपरासी । नगर प्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम अन्तर्गत  संभावित २० उद्यमीलाई सम्मान गरिएकाे छ ।  नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा  बिहिवार नगरभित्रका विभिन्न क्षेत्रमा आवद्व  २० संभावित उद्यमीलाई सम्मान गरिएकाे हाे ।
कार्यक्रममा १३ वटै वडाबाट फाराम भरिएका ७९ उद्यमी मध्ये विभिन्न विधिबाट २० जना संभावित उद्यमी छनाैट गरिएकाे दायित्व लुम्बिनी प्रदेश कार्यक्रम व्यवस्थापक कमल थापाले बताउनुभयाे ।
छनाेट भएका उद्यमीमा १७ महिला उद्यमी रहेका छन् । उनिहरूलाई तत्काल रू.१५ -१५ हजारकाे चेक प्रदान गरिएकाे थियाे । जसमा उद्यमीले कम्तिमा बराबर रकम राख्नुपर्ने छ । उद्यमीलाई आर्थिक रकम सहयाेग नभई प्राेत्सान र व्यवसायतर्फ उत्प्रेरित गराउने लक्ष्य सहित याे कार्यक्रम ल्याइएको  हाे ।
करिब ९ महिनाकाे अवधि रहने यस कार्यक्रममा उद्यमीकाे काम र    प्रतिफलकाे मुल्यांकन हेरि २० बाट १० सफल उद्यमी छनाेट गरिदै लागिने छ भने अन्तिममा १ सफल उद्यमी घाेषणा गरिने छ ।
दायित्व लुम्बिनी प्रदेश कार्यक्रम व्यवस्थापक कमल थापाकाे संचालन रहेकाे कार्यक्रममा नगरउपप्रमुख सुर्यप्रसाद दुवे, सफल उद्यमी डाेलराज भण्डारी ,लुम्बिनी समता महिला विद्यालयकाे प्राचार्य लक्ष्मी अर्याल, सयपत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण पाैडेल  लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।
भने दायित्वकाे लुम्बिनी प्रदेश संयाेजक संजय पाेखरेलले कार्यक्रमकाे उदेश्यमाथि प्रकाश पार्नुभएकाे थियाे ।



Ads