सुनवल, साउन १ गते । ॐकारेश्वर राष्ट्र कल्याण विश्व शान्ति श्रावणी महामहोत्सव २०८२ को श्री विभूषित मुक्तिनाथ पिठादिश्वर कमल नयन आचार्य मुक्तिनाथ बाबाले समुद्घाटन गर्नुभएको छ । नवलपरासी पश्चिम स्थित सुनवल १० खखरीबारीमा अवस्थित हरिहर ॐकारेश्वर मन्दिरमा आयोजित महोत्सवको समुद्घाटन गर्दै मुक्तिनाथ बाबाले श्रावणी मेलालाई हरेक श्रद्धालु भक्तजन, राजतिनिक तथा समाजिक व्यक्तित्व , स्थानियबासी , पत्रकार सबैले अपनत्व गरि सफल बनाउन आग्रह गर्नुभयो ।
ै कार्यक्रममा सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्याल, बुद्ध धर्म गुरु शेल्पा तेन्जिन रिन्पोछे, विश्वकै कान्छी कथा बाचिका बालविदूषी श्री अनुराधा पाण्डे, कान्छो कथावाचक बालव्यास शिव आचार्य, स्वामी कृष्ण प्रपन्नचार्य, सञ्चारकर्मी अर्जुन भुसाल, सन्तोष देउजा लगायतले धार्मिक महत्वका विषयमा बोल्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
महोत्सव समुद्घाटनमा उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई स्वागत गर्दै संकल्पकर्ता बालब्यास श्रवण कुमार न्यौपानेले सनातन धर्म, राष्ट्र कल्याण र विश्व शान्तिको उद्देश्यसहित आयोजित यस महोत्सवले स्थानीयवासीहरूबीच धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको सन्देश फैलाउने विश्वास लिएको बताउनुभयो ।
उहाँले महोत्सवमा चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कथावाचक राधिका दासी लगायत सयभन्दा बढी कथावाचकहरूले कथावाचन गर्ने जानकारी दिनुभयो ।
एक महिना सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न धार्मिक अनुष्ठानहरू, सांस्कृतिक कार्यक्रमहरू, भजन–कीर्तन, प्रवचन तथा सामूहिक पूजा–आराधना,जेष्ठ नागरिक सम्मान, वक्तृत्वकला प्रतियोगिता साथै भजन प्रतियोगिता जस्ता कार्यक्रमहरू पनि सञ्चालन गरिने छ ।
सुनवल नगरपालिका संरक्षक, भोले बाबा सत्मार्ग सेवा समितिको विशेष सहयोग साथै विभिन्न संघ–संस्थाहरूको समन्वय र सक्रियतामा हुने महोत्सवले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको श्रवणी महामहोत्सव २०८२ का संयोजक विष्णु पौडेलले बताउनुभयो ।