ताजा अपडेटः

मण्डली इकाई तथा माङी समिति सुनवल ३ किर्तिपुर २ काे तमु ल्हाेसार

कल्पना खरेल
मण्डली इकाई तथा माङी समिति सुनवल ३ किर्तिपुर २ काे तमु ल्हाेसार प्रकाशित मिति: १५ पुष २०८२, मंगलवार २१:१५

सुनवल, पुस १५ गते । तमु ह्यूल छाेज धी गुरूङ राष्ट्रिय परिषद ,मण्डली इकाई तथा माङी समिति सुनवल ३ किर्तिपुर २ न.प. पश्चिमले पुस १५ गते मंगलबार तमुहरूकाे नयाँ बर्ष २६०९ ओैं तमु ल्हाेसार २०८२ आशिमाला ( शुभकामना ) आर्दानप्रदान गरि मनाएकाे छ । आजकाे दिन गुरूङ्ग समुदायले सप्ही ल्हाे अर्थात सर्प वर्गलाई बिदाई र तल्हाे अर्थात घाेडा वर्गलाई स्वागत गर्दै नयाँ बर्ष मनाएकाे हाे ।
तमु ह्यूल छाेज धी गुरूङ राष्ट्रिय परिषदकाे जिल्ला उपाध्यक्ष एवं यसै मण्डली इकाईकाे अध्यक्ष गमबहादुर गुरूङ्गकाे अध्यक्षता एवं सुनवल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरूङ्गकाे प्रमुख आतत्थ्यतामा उक्त शुभकामना आर्दानप्रदान कार्यक्रम सम्पन्न भएकाेभब थियाे ।
कार्यक्रममा बाेल्दै प्रमख अतिथि वडा अध्यक्ष गुरूङले राष्ट्र एकीकरण र निर्माणदेखि पटक पटक भएका राष्ट्रिय आन्दाेलनमा गुरूङ्ग समुदायकाे महत्वपूर्ण भूमिका रहेकाे बताउनुभयाे ।
उहाँले यस बर्ष सरकारले पुस १५ लाई राष्ट्रिय बिदाकाे रूपमा घाेषणा गर्नु गुरूङ समुदायकाे उपलब्धि भएकाे भन्दै आफ्नाे अधिकारका लागि आवाज उठाउन सुझाब दिनुभयाे ।
यसैगरी साेहिँ क्रममा बाेल्दै अध्यक्ष गुरूङले ३७ घरधुरी रहेकाे यस मण्डली इकाईले संस्थागत रूपमा डेढ कठ्ठा जग्गा जाेड्न सफल भएकाेमा खुसी व्यक्त गर्नु भयाे ।
उहाँले आगामी दिनमा स्थानीय सरकार, प्रदेश सरकार लगाएतकाे सहयाेगमा भाैतिक पूर्वाधार निर्माणमा समेत जाेड दिइने भन्दै हरेक समुदायसगँ हातेमालाे गरेर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयाे ।
कार्यक्रममा यसै गुरूङ जातिकाे मण्डली ईकाइ ( परिवार ) भित्रै ८० बर्ष बायुवृद्व , पुग्नुभएकाे बाबाआमाहरूलाई सम्मान, यसै इकाइ भित्रका परिवारबाट स्नाकाेत्तर पास गरेका,लाेकसेवामा नाम निकाल्न सफल र ex army बाट पनि अफिसरमा पदाेन्नती भएका बाबुनानीहरूलाई प्रशंससापत्रले सम्मान गरिएकाे थियाे ।
पुस १५ काे अवसर पारेर गुरूङ समुदाय बिच भेटघाट तथा भलाकुसारी गरी आफ्ना तमु गुरूङहरूकाे माैलिक भेषभुषामा सजीएर तमु जातिहरूकाे खाना परिकारहरू बनाई खानपिन सहित रमाईलाे गरि पुस १५ अर्थात तमु ल्हाेसार मनाएका छन् ।
सचिब धनमाया गुरूङकाे संचालन र सुवदार हेमबहादुर गुरूङकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रममा जनउदय सामुदायिक उपभोक्ता समुहका अध्यक्ष वीर बहादुर बि.क. र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads