ताजा अपडेटः

कांग्रेस महामन्त्री खनालपार्टीबाट निष्काशित, जिल्लाभित्र हलचल

कल्पना खरेल
कांग्रेस महामन्त्री खनालपार्टीबाट निष्काशित, जिल्लाभित्र हलचल प्रकाशित मिति: २६ असार २०८२, बिहीबार ०८:४४

नवलपरासी पश्चिम, असार २६ गते । नेपाली कांग्रेसका महामन्त्री विक्रम खनालाई पार्टीले कारबाहि गरेपनि यतिबेला नवलपरासी पश्चिममा हलचल मच्चिएको छ । उहाँलाई प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा यहिँ असार २५ गते कारबाहि गरिएको थियो ।
नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाद्धारा हस्ताक्षरित पत्रमा जिल्ला सभापतिलाई सम्बोधन गरी महामन्त्री खनाललाई १ वर्षको लागि पार्टीको सदस्यताबाट निस्काशन गरिएको बताइएको छ ।
वर्दघाट १० निवासी खनालमाथि कारबाही गरेपछि जिल्लाभित्र नेपाली कांग्रेसको राजनितिमा तरंग मात्र छाएन पार्टीभित्र दुईधार देखिएको छ । यकातर्फ संस्थापन पक्षका नेता देवेन्द्र राज कंडेल र प्रतिनिधिसभा सदस्य विनोद चौधरी निकटका व्यक्तिहरु खुसि देखिएका छन् भने खनाल निकट जिल्लाका कार्यकर्ताहरु असन्तुष्टि देखिएका छन् ।
खनाल निकट पार्टी कार्यकर्ताले यसलाई प्रतिशोधको रुपमा हेरिएको र नेता कंडेल र चौधरीको दबाबमा पार्टीले कारबाहि गरेको ठहर गरेको छ । यतिबेला खनालका समर्थकले उहाँको कारबकाहिको विरोधमा आफ्‌ना विचारहरु राख्दै सामाजिक संजाल रङ्गाएका छन । खनालमाथिको यो कारबाहि सगैं जिल्लामा नेपाली कांग्रेस प्रति जनताको हेर्ने दृष्टिकोणमा नकारात्मकता देखिएको छ ।




Ads