नवलपरासी पश्चिम, असार २ गते । नवलपरासी पश्चिममा भूमिहीन ७ सय १७ नागरिकको घरपरीवारका लागि आवास निर्माण पहिलो चरणको काम शुरु भएको छ । थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर द्वारा ’भूमिहिन नागरिकको लागि आवास निर्माण’“ कार्यक्रम अन्तर्गत पहिलाे चरणको काम शुरू भएकाे हाे ।
प्रति भुमीहिन घरपरिवारलाई एक कठ्ठा जग्गा सहित तयारी अवस्थाको चार कोठे घर निमार्ण गरि हस्तान्तरण गरिने थारु मिलन केन्द्र नेपालका सदस्य एवं सरावल गाउंपालिककाका पुर्व अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।
जसकालागि तत्काल प्रारम्भीक चरणमा लगत संकलनको लागी काम अघि बढाईएको छ । कार्यक्रममा बाेल्दै सदस्य चाैधरीले नगरपालिकातर्फ बर्दघाट ,रामग्राम , सुनवल तथा गाउँपालिका तर्फ सुस्ता , पाल्हीनन्दन प्रतापपुर , सरावल गरी सातवटै स्थानीय तहमा यो कार्यक्रम संचालन गरिनेछ ।
थारु मिलन केन्द्र नेपालले थारू समुदाय मात्र नभई तीन पुस्तादेखि कुनैपनि जग्गाकाे स्वामित्व नभएकाे हरेक समुदायकाे लागि आवास निर्माण गर्नेछ ।
सुनवलमा आयोजीत कार्यक्रममा बाेल्दै सुनवल नगरपालीकाका नगर प्रमुख बिमला अर्यालले स्थानिय तहसगँकाे समंन्वयमा भईरहेको यस प्रकारका कामले पालिकाहरुलाई पनि सहयोग पुग्ने बताउनुभयाे ।
थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी सदस्य एवंम् कार्यक्रम फोकल पर्सन आशा चौधरीले जिल्लाका सात वटै पालिका मध्ये केही स्थानमा जग्गा खरिद भईसकेको र केही बाकी स्थानमा जग्गा खरिद गरी ब्यवस्थीत बस्तीको रुपमा भूमीहीन परिवारलाई एकै स्थानमा आवास निमार्ण गर्ने गरी योजना अघि बढाइएको बताउनुभयाे ।
प्रति घर करिव ५ लाख बराबरको लागतमा चार कोठे घर निमार्ण हुने थारु मिलन केन्द्रका अध्यक्ष देवानन्द सिंह फैजदारले जानकारी दिनुभयो ।
जसका लागी प्रत्येक वडामा गई आश्यकताका आधारमा आवेदन संकलन गरिने थारु मिलन केन्द्रकी सदस्य एवंम् नेपाल उपदान कलेक्सन सेन्टरकी लेखा अधिकृत अन्जली चौधरीले जानकारी दिनुभयो ।
२०७९ सालमा स्थापना भएको थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरले यसअघि कैलाली, बर्दीयामा लगाएका भूमिहीन नागरिकका लागि आवास निर्माण गरी हस्तान्तरण गरिसकेको छ । यस जिल्लामा समेत छिट्टै फारम भर्ने देखि छनाेट सम्मकाे प्रकृया अगाडि बढ्ने थारु मिलन केन्द्र नेपालका सचिव एवं कार्यक्रम सञ्चालक शत्रुघन प्रसाद चौधरीले जानकारी दिनुभयो ।