ताजा अपडेटः

सुनवल मगरघाट जंगलमा फेला परेकाे लास देवदह ८ चटेराका ५५ वर्षिय इन्द्र प्रसाद थारु रहेको खुलासा

सुनवल मगरघाट जंगलमा फेला परेकाे लास देवदह ८ चटेराका ५५ वर्षिय इन्द्र प्रसाद थारु रहेको खुलासा प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार २१:०१

कल्पना खरेल,नवलपरासी । आज बुधबार दिउँसो अन्दाजी साढे १ बजे पश्चिम नवलपरासीकाे सुनवल न.पा. १३ मगरघाट नजिकको जंगलमा रहेकाे मिस्कटको थुप्रोमा एक मृत मानिसकाे लास फेला परेकाे छ ।
अन्दाजी ४०/४२ बर्षको तराई मुलको जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा स्थानीय गाेठालाले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ प्र.स.नि भिम बहादुर चौधरीको कमाण्डमा  २ जना र ईप्रका सुनवलबाट प्र.ब.ना.नि. राजेश भट्टराईको कमाण्डमा ५ जना टोली घटनास्थल पुगेकाे थियाे ।
त्यस लगत्तै साे ठाउँलाई सुरक्षा गरि  थप अनुसन्धान तथा मुचुल्का कार्यको लागी जि.प्र.का.नवलपरासीबाट प्र.नि. किशोर आचार्यको कमाण्डमा SOCO सहित ५ जनाको टोली खटिई घटनास्थल मुचुल्का लगायत प्रारम्भिक कार्य पुरा गरि शब पोष्टमाटमको लागी पृथ्वीचन्द्र अस्पताल  परासी ल्याइएकाे  जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।
अनुसन्धानको क्रममा उक्त लास जिल्ला रुपन्देही देवदह न.पा. ८ चटेरा बस्ने बर्ष अं.५५ को ईन्द्र प्रसाद थारु रहेको भनि निजको छोरा बर्ष ३७ को चन्द्रिका थारु बाट सनाखत भएको छ ।
घटनाको बारेमा अनुसनधान भैरहेको र मृतक हिजो घरबाट निस्केको हुदा खोजतलास गरिपाउ भनी प्रहरी चौकी खरेनीमा निबेदन घरपरिवारले दिएको भन्ने खुल्न आएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।



Ads