ताजा अपडेटः

महायज्ञको तयारी पुरा

कल्पना खरेल
महायज्ञको तयारी पुरा प्रकाशित मिति: २९ पुष २०८०, आईतवार २०:५६

कल्पना खरेल,नवलपरासी । योग तथा बहुउपयोगी ध्यान केन्द्र निर्माणार्थ श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८० को तयारी पुरा भएको महायज्ञ मुल समारोह समितिले जनाएकाे छ ।
आज पत्रकार सम्मेलन मार्फत हाम्रो सुनवल निर्माण सत्मार्ग सेवा समितिद्धारा आयोजीत श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञको तयारी पुरा भएको समितिका संयोजक भिम वहादुर थापाले  जानकारी दिनुभएकाे हाे ।
यहि माघ १ गते अर्थात भोली सोमवार देखि माघकाे ८ गतेसम्म संचालन हुने महायज्ञमा करिव ५० लाख खर्च हुने र ७ करोड रकम संकलन गर्ने लक्ष्य लिइएको  छ।
संयाेजक थापाले महायज्ञ ध्यान भवन निर्माण गर्नुका साथै त्यसभित्र जेष्ठ नागरिक सेवा केन्द्र  र  प्राकृतिक चिकित्सालय समेत निर्माण गर्ने महत्वाकांक्षी लक्ष्य सहितकाे बृहत याेजना रहेकाेले सबैमा सहयाेगकाे आग्रह गर्नुभयाे ।
त्यस्तै पत्रकार सम्मेलनमा बाेल्दै लुम्बिनी प्रदेश सभा सदस्य खड्क बस्नेतले योग तथा वहुउपयोगी ध्यान केन्द्र निर्माणको लागी आफुले प्रदेश सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उता सुनवल नगर प्रमुख विमला अर्यालले योग तथा ध्यान केन्द्र निर्माण नगरपालिकाको गौरवको योजनामै समावेश भएकोले यस महायज्ञको संरक्षकका रुपमा सुनवल नगरपालिका साथ रहने जिकिर गर्नुभयाे ।
भोलि माघ १ गते बिहान ११  बजे पुर्वमा लुम्बिनी पेट्रोलपम्प देखि, पश्चिममा तुरिया पुलदेखी, उत्तरमा बनाहा चोकदेखी र दक्षिणमा महाकवि नमुना मावि देखि गरि सुनवलका चार स्थानबाट कलश यात्रा सुरु हुने छ ।
महायज्ञको समुद्घाटन प्रतिनिधि सभा सदस्य तथा पुर्व कानूनमन्त्री ध्रुव वहादुर प्रधानले गर्नुहुने कार्यक्रम रहेकाे छ ।




Ads