सुनवल, जेठ ७ गते । नवलपरासी पश्चिम स्थित सुनवल नगरपालिकाको आयोजनामा आज बुधबार बाल संरक्षण अन्तर्गत उत्प्रेरणा र अनुशासन कार्यक्रम सम्पन्न भएको छ ।
सुनवल नगरप्रमुख विमला अर्यालको अध्यक्षतामा भएको उक्त उत्प्रेरणा र अनुशासन कार्यक्रममा सुनवल नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधि मूलक बालबालिकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक मुक्तिनाथ गैरेले बालबालिकालाई अनुशासित कसरी बन्न सकिन्छ भन्दै एक सफल व्यक्ति बन्नका लागि आज गर्न सकिने प्रयासहरुका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
मुख्य प्रशिक्षक गैरेले अभिभावक नै असल मित्र भएकोले परिवर्तन आफैबाट सुरु गर्न सुझाव दिदै अभिभावकबाट सधै असल संस्कार र असर अभ्यास सिक्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।
उहाँले सकारात्मक सोचले असल उर्जा दिने भएकोले सबैप्रति नम्र भएर व्यवहार गर्नुपर्ने र भविष्यमा देखेको सपना पुरा गर्न आजबाट कडा मेहनतगर्नुपर्ने बताउनुभयो । सोहि क्रममा बोल्दै नगरप्रमुख विमला अर्यालले सुनवल नगरपालिका पहिलो बालमैत्री नगरपालिका भएकोले यहाँका बालबालिका अन्य क्षेत्रका बालबालिका भन्दा अनुशासित, मेहनती, इमान्दार र लगलशिल हुनुपर्ने सुझाव दिनुभयो ।
उहाँले बालबालिकाको शारीरिक, मानशिक, बौद्धिक र शैक्षिक विकाशको लागि बिभिन्न रचनात्मक अभ्यासहरु गरिएको भन्दै यस्ता प्रकृतिका उत्प्रेरणा र अनुशासन कार्यक्रमले बालबालिकामा थप सकारात्मक उर्जा दिने विश्वास व्यक्त गर्नुभयो ।
सुनवल नगर बालबालिका शाखा प्रमुख सरिता शर्माको संचालन रहेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, नगर शिक्षा शाखा प्रमुख विष्णुप्रसाद गोतामे, नगरप्रवक्ता कृष्णप्रसाद बगाले, वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापा, वडा नम्बर ११ का वडा अध्यक्ष कमल चुवाई, वडा नम्बर १२ का वडा अध्यक्ष चुणामणि पौडेल, कार्यपालिका सदस्य भगवती बस्याल , सिता तिमल्सिना, सिता भण्डारी , भुमिकला क्षेत्री , जुठिमाया मगर, महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरे लगाएतको उपस्थिती रहेको थियो ।