ताजा अपडेटः

सरावल गाउँपालिका सातवटै वडाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

सरावल गाउँपालिका सातवटै वडाकाे सार्वजनिक सुनुवाइ सम्पन्न प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार ०५:३६

 

सुरेश यादव,परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सरावल गाउँपालिकाको वडा-वडा बाट सुरु भएको सार्वजनिक सुनुवाइ हिजाे पालिकामा गएर सम्पन्न भएको हो ।

सरावल गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरीको अध्यक्षतामा तथा गाउँपालिकाको प्रमुख प्रशासकिय अधीकृत दुर्गा प्रसाद पौडेल र गाउँपलिका उपाध्यक्ष बासमी हरीजनको उपस्थितिमा सम्पन्न भएको छ ।


चालु आर्थिक वर्षको सात महिना पुरा भएसगैँ पालिकाले सेवा प्रवाह र विकास निर्माण बारे जनताका प्रतिक्रिया सुन्दै जनअपेक्षा अनुरुप योजना निर्माण गर्न सबै वडामा सार्वजनिक सुनवाई आयोजना सुरुवात वडा बाट सुरु गर्दै जनताले राखेका जनतासँगको जनअपेक्षाका लागि यो सुनवाइ गरिएको अध्यक्ष चोधरीले बताउनुभयो ।


कार्यक्रमा सबै स्थानियवासीले विकासमा भए गरेको काम प्रति गुनासो तथा सुझाव प्रतिकृयाहरु दिएका थिए । स्थानिवासीले कृषि अनुदानलाई व्यस्थित तथा बाढी डुबान क्षेत्रलाइ नियन्त्रण, शिक्षा क्षेत्रमा सुधार, बाटो घाटोको विस्तार, खाने पानिको उचित व्यवस्थापन, खेलकुदमा खेलाडिको उत्पादनमा पछि परेको भन्दै सुधारका लागि उचित पहल गर्ने आश्वासन गरेका थिए ।


चालु आर्थिक वर्ष २०८९/८० को योजना तर्जुमा भएको आर्थिक वर्षको अन्तिम चरणमा पालिकाले के कसरि काम गरेको छ ? सोहि विषयमा प्रशासकिय अधिकृत पैडेलले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सोहि अनुरुप चालु आर्थिक वर्षको माघ मसान्त सम्मको आर्थिक प्रतिवेदनमा आर्थिक वर्षमा ५६ करोड ७७ लाख १३ हजार बजेट विनियोजन भएको छ ।



Ads