ताजा अपडेटः

अचानक घर पछाडि राखिएकाे खरमा आगलागी

अचानक घर पछाडि राखिएकाे खरमा आगलागी प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार १८:४३

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ४ चन्द्रगढि स्थित एक घर पछाडि राखिएकाे खरमा आगलागी भएकाे छ ।

आज दिउसो अन्दाजी ४ : ३० बसे साेहि ठाउँ निवासी बिकाउ सहानीको पिल्लर र भित्तामा टिनले छाएको २ कोठे घरको पछाडी राखेको खरमा आगलागी भएकाे हाे ।

आगलागीकाे जानकारी प्राप्त हुन साथ उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक अम्मर बहादुर नेपालीको कमाण्डमा ५ जनाको टोली खटिई प्रहरी, स्थानिय र दमकलको सहयोगमा दिउँसो ४:५५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

उक्त आगलागीबाट करिब २० हजार मूल्य बराबरको खर जलि क्षती भएको छ भने अन्य मानविय, चौपाया, अन्नपात तथा भैतिक क्षती नभएको समेत डिएसपी पाण्डेले बताउनुभयाे ।

आगलागी निजकै नाती अन्दाजी ५ को अर्जुन सहानिले खेल्ने क्रममा सलाईबाट आगो लगाएका थिए ।उक्त स्थान जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट ४ कि.मि. दक्षिणमा रहेकाे छ ।



Ads