ताजा अपडेटः

सुनवल नगरपालिका पूण संस्थागत प्रसुति र पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा

कल्पना खरेल
सुनवल नगरपालिका पूण संस्थागत प्रसुति र पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार १६:०२

सुनवल , बैशाख २९ गते । सुनवल नगरपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त सुनिश्चितता एवं पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । नगरप्रमुख विमला अर्यालको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख भगउती प्रसाद यादवको प्रमुख आतित्थ्यतामा उक्त पूर्ण संस्थागत प्रसुति सुनिश्चितता एवं पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो ।
२०८१ को फाल्गुन र चैत्र महिनामा १३ वटा वडाको ६५८ जना सुत्केरी घरधुरी सर्वेक्षण गर्दा ६५८ जनानै स्वास्थ्य संस्थामा सुत्केरी भएको पाइएको थियो । प्रोकोकल अनुसार ६५८ जना सुत्केरीमा ४ पटक गर्भ जाचँ गराउने ६५५ , स्वास्थ्य संस्थामा प्रसूति गराएका महिला ६५८ जना र प्रोटोकल अनुसार ३ पटक प्रसूति जाचँ गराएका महिला ६५६ जना रहेका थिए ।
जसका आधारमा जिल्ला स्वास्थ्य कार्यालयबाट यहिँ बैशाख २१ गते सुनवल नगरपालिकाले पूर्ण संस्थागत प्रसुति सेवायुक्त सुनिश्चितता नगरघोषणाको अनुमति पाएको थियो । यसैगरी २०८१ माघ महिनामा १३ वटै वडाहरुबाट घरधुरी सर्वेक्षण, गर्दा भेटिएका ३७०८ जना १६ महिना देखि ५९ महिनाको बालबालिका मध्ये १ जना बच्चाले पुर्णखोप लगाउन छुट भएको पहिचान गरि छुट भएका खोपहरु चैत्र महिना सम्ममा पुरा गराई सबै बालबालिकाहरुसेलाई पूर्ण खोप दिलाईएको थियो । जसका आधारमा जिल्ला खोप समन्वय समिति नवलपरासीबाट पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपनाको अनुमति पाएको थियो ।
कार्यक्रममा पूर्ण संस्थागत प्रसुति र पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गर्न दिनरात मेहनत गर्ने १३ वटै वडाका स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थाका प्रमुखलाई प्रोत्साहन स्वरुप प्रंशसापत्रले सम्मान गरिएको थियो ।
सोहि क्रममा बोल्दै जिल्ला समन्वय प्रमुख भगउती यादवले सुनवल नगरपालिका स्वास्थ्यका क्षेत्रमा जिल्लामै अब्बल रहेको भन्दै सुनिश्चितता सगै दिगोपनाको लागि अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले निस्वार्थ रुपमा घरदैलोमा गएर स्वयंसेविकाले खेलेको भूमिकाको उच्च मुल्यांकन गर्न आग्रह गर्दै घाम, पानी केहिँ नभनी दिनरात सेवामा सटिएका स्वयंसेविकालाई प्रोत्साहन स्वरुप थप सेवा सुविधाका लागि नगरप्रमुख अर्याललाई आग्रह गर्नुभयो ।
यसैगरी नगरप्रमुख अर्यालले स्थानिय सरकार भौतीक पूर्वाधारको विकाश सगैँ मानव संसाधनको विकाशलाई पनि महत्वका साथ हेरेको भन्दै स्वास्थ्य क्षेत्रमा संवेदनशिल भएर लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले सुनवलमा स्वास्थ्य क्षेत्रको परिणाममुखि विकाशका लागि विभिन्न संघसंस्थाहरुको महत्वपूर्ण सहयोग रहेको भन्दैे यो अभियानलाई निरन्तरता दिन अझ संवेदनशिल भएर लाग्न स्वास्थ्यकर्मी र स्वयंमसेविकालाई आग्रह गर्नुभयो ।
नगरप्रमुख अर्यालले आगामि आर्थिक वर्षदेखि बालबालिकालाई खोप लगानुअघि चेकजाचँ गरेर मात्र लगाईने व्यवस्था गरिने , सेवा सुविधका नलिई काम गर्ने स्वयंमसेविकालाई आगामि बर्ष सेवा सुविधा थपका लागि विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयबाट ओमप्रकाश पन्थी, भेषराज पन्थी, स्वास्थ्य कार्यालय प्रमुख अंगद बहादुर शाहि, नगरप्रवक्ता कृष्णप्रसाद वगाले, डब्लु एच ओ प्रतिनिधी प्रतिक्षा किसिजु लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।




Ads