ताजा अपडेटः

श्री नवयुग बचत तथा सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा तथा ८ औ अधिवेशन सम्पन्न

श्री नवयुग बचत तथा सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा तथा ८ औ अधिवेशन सम्पन्न प्रकाशित मिति: २४ मंसिर २०७९, शनिबार १९:२९

सुनवल। श्री नवयुग बचत तथा सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा तथा ८ औ अधिवेशन आज सुनवलमा सम्पन्न भएको छ । सो साधारण सभा संस्थाका अध्यक्ष टेक बहादुर कंवरको अध्यक्षता एवम् सुनवल नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गदै संस्थाका अध्यक्ष कंवरले सहकारीका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुल्यमान्यता अनुरुप सहकारीले सदस्यहरुका लागि सामाजिक , आर्थिक , सांस्कृतीक र पर्यावरणीय विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले यसै आर्थिक वर्षमा संस्थाले कृषकहरुका निम्ति सूपथ मूल्यमा रासायनिक मल प्रवाह गर्दै आएको समेत बताउनुभएको थियो । यसैगरी आर्थिक वर्षको उपलब्धी बताउदै उहाँले २ सय ३५ शेयर सदस्यबाट बढाएर ३ सय बनाएको र रु १७ लाख २० हजार शेयर पूजीबाट बढाएरु २५ लाख ९५ हजारमा पूर्याएको जिकीर गर्नुभएको छ ।

साथै अध्यक्ष कवंरले भावी कार्ययोजनामा विधार्थीलाई प्रोत्साहन गर्ने, बृद्धलाई सम्मान गरीने र सुत्केरी महिलालाई पोषणयुक्त खानेकुराको व्यवस्था मिलाइने बताउनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै नगरप्रमुख विमला अर्यालले महिलालाई विभिन्न तालिमहरु प्रदान गरी आत्मनिर्भर बनाउने र कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

नगरप्रमुख अर्यालले कृषि विकासका निम्ति सिंचाईको व्यवस्था गर्ने , आयात घटाइ निर्यात बढाउनुपर्ने , स्थानीयस्तरमा उपलब्ध सीपको सदुपयोग गरी रोजगार सिर्जना गर्ने, र बजारीकरणको व्यवस्था गर्ने लगाएत उल्लेख गर्नुभयो ।

संस्थाले आ.व २०७८/०७९ मा १८ लाख ५० हजार ५ सय ८१ शुद्ध नाफा गरेको छ । संस्थाका संयोजक विष्णु प्रसाद बस्यालले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा ५ जना बृद्धबृद्धालाई दोसल्ला र पानी तताउने भाडाले सम्मान गरिएको थियो । भने एस इइ र + २ मा परिक्षामा राम्रो अंक ल्याउने विद्यार्थिलाई सम्मान पत्र र ५०० रुपैयाले सम्मान गरिएको थियो ।

कार्यक्रमको संयोजक लिला बल्भव पाण्डेको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन खिमा देवी सुवेदी गर्नुभएको थियो ।



Ads