ताजा अपडेटः

प्रथम बिग बुद्व नकआउटका फुटवल प्रतियोगिताकाे आजकाे क्वाटरफाइनल खेलमा याेङ्ग ब्वाइज यूवा क्लब  विजयी

प्रथम बिग बुद्व नकआउटका फुटवल प्रतियोगिताकाे आजकाे क्वाटरफाइनल खेलमा याेङ्ग ब्वाइज यूवा क्लब  विजयी प्रकाशित मिति: १८ माघ २०७९, बुधबार २२:२२

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीकाे सुनवलमा जारी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आजबाट क्वाटरफाइनल खेल सुरू भएका छन् ।

विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा भएकाे आजकाे पहिलाे क्वाटरफाईनल खेलमा तिलकना यूवा क्लबलाई पेनाल्टि सुटआउटमा हराउँदै याेङ्ग ब्वाइज यूवा क्लब रूपन्देही विजयी भएकाे छ ।


खेल अबधिभर निकैनै उत्कृष्ट प्रर्दशन गरेका दुवै टिमले  कुनैपनि गाेल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएकाे थियाे ।

आजकाे खेलमा याेङ्ग ब्वाइज युवा क्लबका गोल रक्षक जर्सी नम्बर शून्य , निशान थापाले म्यान अफ द म्याच घाेषित भएका छन् ।


भाेलीकाे दाेस्राे क्वाटरफाइनल खेल नवनेपाल यूवा क्लब ( दबिल्ला ) VS गाैतमबुद्व यूवा क्लब ( बर्दघाट ) विच  प्रर्तिस्पर्धात्मक खेल हुने आयाेजक क्लबका अध्यक्ष सन्जिब लामाले बताउनुभएकाे छ ।


व्यवस्थित पार्किङ्ग,ताजा खाजाकाे व्यवस्था र फ्रि वाईफाईकाे सुविधा रहेकाे यस खुला नकआउट फुटवल प्रतियोगिताकाे खेल अवधिभर नवलपरासी खवरले आफ्नाे फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।



Ads