ताजा अपडेटः

महिला स्वास्थ्य स्वयंसेविकालाई २ लाख ५० हजार र मोबाइल उपहार

कल्पना खरेल
महिला स्वास्थ्य स्वयंसेविकालाई २ लाख ५० हजार र मोबाइल उपहार प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार १७:५२

नवलपरासी पश्चिम वैशाख २५ गते । नवलपरासी पश्च्मि स्थित बर्दघाट नगरपालिकाले सेवा अवधि पूरा गरेका महिला स्वास्थ्य स्व्यंसेविकाहरुलाई २ लाख ५० हजार नगद प्रोत्साहन तथा १५ हजार मूल्य बराबरको मोबाइल फोन दिने घोषणा गरेको छ । बर्दघाट नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा समारोहमा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले उक्त घोषणा सहित प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
पालिकाले यसअघि दिदै आएको २ लाख प्रोत्साहन रकममा ५० हजार थप गरी अबको आर्थिक वर्षदेखि २ लाख ५० हजार र एक– एक थान मोबाइल उपलब्ध गराउन लागेको हो ।
नगरप्रमुख श्रेष्ठले भन्नुभयो “स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पु–याउन स्वयंसेविकाहरुले रातदिन नभनी खटेर जुन योगदान दिनुभएको छ , त्यसको स्म्मान स्वरुप यो निर्णय लिएको छु ।”
कार्यक्रममा सहभागि स्वयंसेविकाहरुले नगरप्रमुखको यो उद्घोषले निश्वार्थ सेवा भावमा खटिएका महिला स्वास्थ्य स्वयंसेविको कामको उच्च मुल्यांकन भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरुले यस्तो प्रोत्साहनले आफुहरुमा अझ जिम्मेवार र उर्जाशिल भएर समाजसेवामा लाग्न थप होैसला मिलेको समेत बताएका छन् । हाल बर्दघाट नगर क्षेत्रभित्र ४४ जना कार्यरत रहेका छन् ।




Ads