ताजा अपडेटः

बस र माईक्रोबस ठोक्किदा एक जनाको मृत्यु १४ जना घाईते

बस र माईक्रोबस ठोक्किदा एक जनाको मृत्यु १४ जना घाईते प्रकाशित मिति: ६ पुष २०७९, बुधबार ०८:१०

काठमाडौ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखु–गजुरी सडक खण्डको विहानी पम्प नजिकै बस र माईक्रोबस ठोक्किएको छ ।

भैरहवाबाट काठमाण्डौका लागि छुटेको लु २ ख २६४४ नम्बरको बस र काठमाण्डौबाट धादिङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माईक्रोबस हिजो बेलुका एकआपसमा ठोक्कीएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् ।

धादिङका प्रहरी प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीले दिएको जानकारी अनुसार दुर्घटनामा माईक्रोबसमा रहेकी एक महिलाको ज्यान गएको र ज्यान गुमाउनेको परिचय खुलेको छैन ।दुर्घटनामा माईक्रोबसमा रहेका ११ जना र बसमा सवार ४ जना यात्रु घाइते भएका छन् । घाइते माईक्रोबसमा रहेका यात्रुलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । अरु सामान्य घाइतेको गजुरीमा उपचार भएको छ ।



Ads