नवलपरासी पश्चिम वैशाख २१ गते । नवलपरासी पश्चिमको सरावल गाउँपालिका वडा नम्बर २ मनरीमा अवस्थित थारु सांस्कृतिक पार्कमा थारु संग्राहयको निर्माणकार्य शुरु भएको छ । थारु समुदायको सांस्कृतिक पहिचानको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्ने लक्ष्य सहित थारु संग्राहयको निर्माणकार्य शुरु गरिएको हो ।
नेपाल सरकार पर्यटन तथा संस्कृति मन्त्रायबाट रु ४५ लाखको लागतमा निर्माणकार्य शुरु गरिएको थारु संग्राहलयमा थारु जीवनशैली सगँ सम्बन्धित पहिरन, घर निर्माण, कृषि उपकरण र परम्परागत सांगीतिक उपकरणहरु प्रदर्शित गरिनेछ ।
थारु समुदायको बाहुल्यता रहेको यस सरावल गाउँपालिकामा यस्तो प्रकृतिको थारु संग्राहयले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानलाई जगेर्ना गर्न मद्धत पुग्ने विश्वास लिईएको छ ।
पछिल्लोपटक बढ्दो आधुनिकरणले थारु समुदायले आफ्नो धर्म संस्कृति सगैँ भाषाको पनि संरक्षण गर्न नसकिरहेको अवस्थामा थारु संग्राहयले आफ्नो समुदाय प्रतिको माया चासो बढ्ने भन्दै पुस्ता हस्तान्तरणमा पनि टेवा पुग्ने विश्वास लिइएको गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरीले बताउनुभयो ।
सरावल गाउँपालिका विभिन्न कला,संस्कृतिले भरिपूर्ण रहेकोले यसको संरक्षण र प्रबद्र्धनका लागि गाउँपालिका लागि परेको भन्दै पालिका भित्र रहेका सबै समुदायको कला संस्कृति सरंक्षण र प्रबद्धनका लागि विभिन्न कार्यक्रम भइरहेको अध्यक्ष चौधरीको भनाई छ ।
यस योजनाले प्रचुल पर्यटकिय संभावना बोकेकोले रोजगारी सिर्जना हुने र थारु संस्कृतिको संरक्षणमा योगदान पुग्ने भन्दै त्यस क्षेत्रका स्थानियबासी खुसी देखिएका छन् ।
यस संग्राहयको एक कार्यक्रममा विच उद्योग विभाग , नेपाल सरकारका महानिर्देशक राजेश्वर ज्ञवाली र सरावल गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरीले एकैसाथ शिलान्यास तथा भूमिपूजन गर्नुभएको हो ।