ताजा अपडेटः

सुनवलकाे विभिन्न वडामा प्रशिक्षण कार्यक्रम सम्पन्न

सुनवलकाे विभिन्न वडामा प्रशिक्षण कार्यक्रम सम्पन्न प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार १७:००

कल्पना खरेल,नवलपरासी । वेद सिर्जनशील संस्था सुनवल नवलपरासीको आयोजना तथा सुनवल नगरपालिका वडा नम्बर ५ को सहकार्यमा आज प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

वडा नम्बर ५ मिनी बनकट्टी स्थित महिला सामुदायिक भवनमा “लागू औषध दुर्व्यसनी न्यूनीकरण ” सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हाे ।


वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रलाल शर्मा तिवारीकाे उपस्थिती रहेकाे कार्यक्रममा वडाका स्थानीयबासी ,युवा-युवती तथा संस्थासँग सम्बन्धित व्यक्तिहरु समेत गरी अन्दाजी ५० जनाको सहभागिता रहेकाे थियाे ।


सहभागीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयद्धारा लागू औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धमा प्रस्तुतिकरण मार्फत प्रशिक्षण प्रदान गर्नुभएको थियाे ।


सो प्रशिक्षणको क्रममा लागु औषध भनेको के हो ? यसको कुलतमा कसरी लाग्छन ? प्रयोगकर्तामा देखिने लक्षणहरु के कस्ता हुन्छन ? यसको कुलतबाट बच्न के कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ ? लगायतका बिषयहरुको बारेमा प्रशिक्षार्थीहरुलाई जानकारी गराइएको थियो ।


साथै सुनवल नगरपालिका वार्ड नं १२ भूमहि स्थित जनता सम्झौता बचत तथा ऋण सहकारी संस्थाको आयोजना र सुनवल नगरपालिका वार्ड नम्बर १२ को सहकार्यमा वाकबाणी माध्यमिक विद्यालयमा समेत आजै साेहि विषयमा प्रशिक्षण दिईएकाे थियाे ।


सहकारी संस्थाका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षता तथा जिल्ला प्रहारी कार्यालय नवलपरासीका प्रहरी उपरिक्षक बिनोद सिलवालको प्रमुख आतित्थ्यता प्रशिक्षण दिइएकाे हाे ।


उक्त कार्यक्रममा सो संस्थामा आवद्ध सदस्यहरु तथा सदस्यहरुका बालबालिकाहरु समेतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा अन्दाजी १ सय जना सहभागीहरुको उपस्थिति रहेको थियो ।



Ads