ताजा अपडेटः

सुनवल ६ विसासयमा नापजाँच कार्य शुभारम्भ

कल्पना खरेल
सुनवल ६ विसासयमा नापजाँच कार्य शुभारम्भ प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार २२:१०

नवलपरासी पश्चिम, वैशाख १७ गते । पश्चिम नवलपरासी स्थित सुनवल नगरपालिका वडा नम्बर ६ विसासयमा नापजाँच कार्य शुभारम्भ भएकाे छ ।
आज बुधबार एक कार्यक्रमका बिच वडा नम्बर ६ का वडा अध्यक्ष हेमलाल शर्मा चापागाईंकाे अध्यक्षता , भूमि समस्या समाधान आयाेगका अध्यक्ष लाल बहादुर गुरूङकाे प्रमुख आतिथ्यता एवं नगरप्रमुख विमला अर्यालकाे विशिष्ट आतिथ्यतामा उक्त नापजाँच कार्य शुभाारम्भ भएकाे हाे ।
यस वडामा २०२६ /०२७ सालदेखि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबास रहदै आएकाे छ । ५५ बर्षपछि पहिलाेपटक भूमि समस्या समाधान आयाेग नापजाँचका लागि आउदा स्थानीय निकै हर्षित भएका छन् ।
साेहिँ क्रममम बाेल्दै भूमि आयाेगका अध्यक्ष गुरूङले नापजाँच गरि असार भित्रै भूमिहीनलाई राताेपुर्जा वितरण गर्ने लक्ष्य सहित अगाडि बढाइकाे बताउनुभयाे । उहाँले त्यसका लागि कर्मचाारी अपुग भएकाे भन्देै कर्मचारी थप गरि सहयाेग गर्न नगरप्रमुख अर्याललाई आग्रह गर्नुभयाे ।
त्यसैगरी नगरप्रमुख अर्यालले कामलाई तिब्रता दिनेगरी स्थानीय सरकार भूमि आयाेगसगँ सहकार्य गरिरहेकाे बताउनुभयाे । उहाँले जतिसक्दाे छिटाे थप कर्मचारी खटाएरै भएपनि सुनवल नगरपालिका भित्रका भूमिहीन दलित , भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबासीलाई पुर्जा वितरण गर्न आफू आतुर रहेकाे धारणा राख्नुभयाे ।
त्यसका लागि फिल्डमा खटिएका प्राविधिकलाई सहज बाताबरण तयार गर्न समेत सबैलाई आग्रह गर्नुभयाे । उता वडा अध्यक्ष हेमलाल शर्मा चापागाईंले अहिले सम्म धेरै प्रयास गर्दा पनि हालसम्म कुनैपनि नापीनक्सा हुन नसकेकाे यस ठाउँमा आजबाट नापीकाे कार्यक्रम सुरू हुदा यहाँका स्थानीय निकै हर्षित भएकाे बताउनुभयाे ।
उहाँले अव्यवस्थित बसाेबासीकाे नापजाँच सगैँ छुटफुट कित्ता र यस क्षेत्रमा बसाेबास गर्ने केही भूमिहीनहरूकाे व्यवस्थापन गर्नुपर्ने आवश्यक रहेकाेले त्यसकाे प्रकृया पनि यथाशीघ्र अगाडि बढाउनुपर्ने देखिएकाे बताउनुभयाे ।
सुनवल नगरपालिका भित्र ४६२ भूमिहीन सुकुम्बासी , १८४ भूमिहीन दलित र ५ हजार ५ सय ७९ अव्यवस्थित बसाेबास रहेकाे छ ।




Ads