ताजा अपडेटः

काठमाडौं महानगरले गर्याे डोटीका भूकम्प पिडितलाई १० लाख सहयोग

काठमाडौं महानगरले गर्याे डोटीका भूकम्प पिडितलाई १० लाख सहयोग प्रकाशित मिति: २ पुष २०७९, शनिबार १५:०४

डोटि ।डोटीका भूकम्प पिडितलाई काठमाडौं महानगरले आर्थिक सहयोग गरेको छ। काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई १० लाख रुपैयाँ सहयोग गरेको हो।
डोटीमा कार्तिक २३ मा आएको ६.६ रेक्टर स्केलको भूकम्पले ३८ सय घरटहरा भत्किएको थियो। महानगरमा डोटीका भूकम्प पीडितका लागि सहयोगको अनुरोध आएपछि महानगरबाट विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट गाउँपालिकालाई १० लाख सहयोग गरेको हो।
मेयर बालेन शाहले नेपालका दुरदराजमा नागरिकहरुले दुख पाइरहँदा काठमाडौंमा चासो नै नहुने, समाचार नै नबन्ने अवस्था आज पनि रहेको भन्दै गुनासो व्यक्तगरेका थिए । मेहर शाहले फेसबुकमार्फत काठमाडौंमा अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्ने तर डोटीमा भुकम्पबाट ३८ सय टहरा भत्काउँदा सम्बन्धित निकायकाे ध्यान नजानु र समाचारकाे बिषय नबन्नु दुर्भाग्य भएकाे बताएका हुन् । उनले यस्ताे विषय सार्वजनिक चासोकाे विषय हुनुपर्ने समेत गुनासो गरेका छन् ।
उनले लेखेका छन्,‘ परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छेको मृत्यु भएको छ। चितुवाको डर छदैछ, त्यसमाथि पुष महिना सुरु भइसक्यो। जाडो बढेको छ। हिउँ पर्न सुरु हुन्छ। अब जाडो र हिउँको कारणले ज्यान गुमाउन सक्ने अवस्था बन्न लाग्दैन।ति पिडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिक रुपमा चासोसम्म देखिदैन।

पिडितहरुको पिडामा अरुको चिन्ता छ भन्ने अनुभुतिले मात्रै पनि उनीहरुको मनोबल बढ्नेछ। मेयर साहले १० लाख भन्दा बढी सहयोग गर्न महानगरका केही सीमाहरु रहेको समेत बताएका छन् । साथै उनले राज्य संयन्त्र, सम्बन्धित मन्त्रालय, सांसद ,सरकारी गैरसरकारी संघसंस्था तथा व्यक्तिहरुको पहलमा पनि डोटीका भूकम्पपीडितहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् ।



Ads