कल्पना खरेल
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार १६:१९ सुनवल, वैशाख ११ गते । सुनवल स्थित लुम्बिनी चिनी उद्योगबाट सृजित प्रदूषण नियन्त्रण संघर्ष समितिकाे आज शुक्रबार बसेकाे वैठकले स्थानीय सरकारले प्रदूूषण नियन्त्रण गर्न कुनैपनि भूमिका खेल्न नसकेकाे ठहर गरेकाे छ ।
संघर्ष समितिका संयोजक युवराज ढकालको अध्यक्षतामा बसेकाे सरोकारवाला संस्था र स्थानीयबासीको संयुक्त बैठकले यस्ताे ठहर गरेकाे हाे ।
वैठकमा बाेल्दै केही स्थानीयले विगतका दिनमा प्रदूषण र गन्ध नियन्त्रण गर्ने लुम्बिनी चिनी उद्योगले पटक -पटक सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेपनि कार्यान्वयन नगरेकाे बताएका थिए ।
उनीहरूले साे विषयमा लु्म्बिनी प्रदेश सांसद खड्ग बस्नेत, निवर्तमान प्रतिनिधि सभा सदस्य धुर्व बहादुर प्रधान र निवर्तमान नगरप्रमुख भिम बहादुर थापा ” भरत ” सहित पटक पटक विराेधका कार्यक्रमहरू गरिएतापनि समग्र प्रदुषण नियन्त्रणमा उहाँहरूले ठाेस कदम केही नचालेकाेमा दुख व्यक्त गरेका थिए ।

लामो समयदेखि उद्योगबाट निस्किरहेको प्रदूषणका कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रतिकुल असर पर्नुकाे साथै जल, जमिन र बाताबरणमा समेत गंभिर असर परेको उल्लेख गर्दै वैठकले पुनः चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेकाे छ ।
स्थानीय सरकारको निष्क्रियताप्रति असन्तुष्टि जनाउँदै सहभागीहरूले विगतमा विशेषगरी नेपाली काङ्ग्रेस , नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले कुनैपनि पहन नगरेकाे भन्दै अब आन्दोलनको विकल्प नरहेको बताएका थिए ।

वैैठककाे निर्णय अनुसार उद्योगलाई स्थानान्तरण गर्नुपर्ने मागलाई अघि सार्दै तत्काल प्रदूषण नियन्त्रणका लागि दबाबमूलक कार्यक्रमहरू सञ्चालन गरिने छ । आन्दोलन अन्तर्गत पहिलाे चरणमा सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र पठाउने र त्यसपछि समस्या समाधान नहुदासम्म आन्दोलनलाई निर्नतरता दिइने छ ।
करिब १५ बर्षदेखि स्थानीयबासीले उद्योगबाट निस्किएकाे गन्ध र प्रदूषणका कारण विभिन्न किसिमका समस्याहरू झेल्दै आइरहेका छन् ।
