ताजा अपडेटः

प्रतापपुर गाउँपालिकाको २० औं गाउँ सभा : विकास र सुशासनलाई प्राथमिकता

कल्पना खरेल
प्रतापपुर गाउँपालिकाको २० औं गाउँ सभा : विकास र सुशासनलाई प्राथमिकता प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार १०:३४

प्रतापपुर गाउँपालिकाको २० औं गाउँ सभा : विकास र सुशासनलाई प्राथमिकता

पश्चिम नवलपरासी चैत ६  गते    पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको २० औं गाउँ सभा तथा हिउँदे अधिवेशनबाट  आर्थिक प्रस्ताव र निर्देशिका पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेटको सीमा नबढ्ने गरी वडागत तथा पालिका स्तरीय आयोजना र कार्यक्रम संशोधन कार्यविधि निर्देशिका‘ लाई सर्वसम्मत रूपमा पारित गरेको छ।

सभामा बाल्दै  गाउँपालिका अध्यक्ष  उमेशचन्द्र  यादवले विकास निर्माणमा जनअपेक्षालाई शिरोधार्य गर्ने बताउनुभयो। उहाँले भन्नुभयो: जनताको चाहना अनुसार विकास निर्माण गर्नु नै हामी जनप्रतिनिधिहरूको मुख्य कर्तव्य हो। हामीले बाटोखानेपानीविद्युत र सिँचाइ जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकासे कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएका छौँ। यो निर्देशिका पारित भएपछि योजनाहरूलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहज हुनेछ।”

साथै सभाले चालू आर्थिक वर्षको हालसम्मको आयव्यय र कार्यपालिकाका निर्णयहरूलाई समेत अनुमोदन गरिएको छ। उक्त सभाले आगामी आर्थिक वर्षको बजेट व्यवस्थापन र चालू वर्षको आयव्ययलाई अनुमोदन गरेको छ।

प्रशासनिक पक्ष र योजना कार्यान्वयनको विषयमा प्रष्ट पार्दै प्रमुख प्रशासकीय अधिकृत अनिता  थारू बि.क.ले भन्नुभयो:गाउँ सभाबाट पारित भएको संशोधन कार्यविधि निर्देशिकाले बजेटको अनुशासन कायम राख्दै वडातहसम्मका योजनाहरूलाई समयमै सम्पन्न गर्न कानुनी मार्गप्रशस्त गरेको छ। यसले पालिकाको आर्थिक पारदर्शिता र सुशासनलाई थप मजबुत बनाउनेछ। सभाले लेखा समिति गठन गर्ने निर्णय गरेसँगै हाम्रो प्रशासनिक कामकारबाही अझै उत्तरदायी बन्ने विश्वास लिएका छौँ।”

सभामा गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले आर्थिक वर्ष २०८२/०८३ मा न्यायिक समितिले सम्पादन गरेका गतिविधिहरू अनुमोदनका लागि पेस गर्नुभएको थियो। सो अवसरमा उहाँले न्याय सम्पादन र स्थानीय विवाद समाधानमा भएका प्रगतिबारे सभालाई जानकारी गराउनुभयो। सभाले पालिकामा लेखा समिति गठन गर्ने निर्णय समेत गरेको छ।

 




Ads